आक्रोसित हुँदै उषा खड्गीले लेखिन्- के को आधारमा मेरो डीभोर्सको समाचार आयो आधार चाहिँदैन ? | Khabarhub Khabarhub

आक्रोसित हुँदै उषा खड्गीले लेखिन्- के को आधारमा मेरो डीभोर्सको समाचार आयो आधार चाहिँदैन ?


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्व मिस नेपाल उषा खड्गीको आफ्नो वैवाहिक सम्बन्ध संकटमा परेको खबर भाइरल भएपछि मिडियासँग आक्रोस पोखेकी छन् ।

डिभोर्सको समाचारमा आफ्नो सहमति नरहेको भन्दै व्यक्तिगत विषयलाई समाचार बनाएको उनले आक्रोश पोखेकी हुन् ।

उषा खड्गी र जीपी तिमल्सिनाबीच डिभोर्स हुन लागेको समाचार केही नेपाली अनलाइन मिडियाहरुले सार्वजनिक गरेका थिए । उनले व्यक्तिगत कुरामा बिना आधार समाचार लेखेको भन्दै आक्रोश पोख्दै जवाफ समेत मागेकी छन् ।

पूर्व मिस नेपाल खड्गीले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै डिभोर्सको समाचार झुटो रहेको भन्दै मिडियाहरु माथि नै प्रश्न उठाउदै जवाफ समेत मागेकी छिन ।

यस्तो लेखेकी छन् उनले

“मेरो देश नै अचम्मको, पत्रकारिता मर्यादा भनेको कसैलाइ उधृत गर्दै जस्को पनि निजी र व्यक्तिगत कुरामा बिना आधार जे पनि लेख्न पाँउने पक्कै पनि होइन होला। कृपया व्यक्तिगत कुरामा कसैले पनि मलाइ सम्पर्क नगर्नु होला….कसैको व्यक्तिगत जीवनलाई आफू खुसी मनोरंजनको सामाग्री बनाउनु भन्दा पहिले आधार जरुरी हुन्छ। म अचम्म र स्तब्ध छु, सामाजिक संजालमा नेपाली media ले मेरो जीवनको नितान्त र व्यक्तिगत बिषयलाइ Breaking News बनाएर पस्केको देख्दा कसैको निजी जीवनमा लेख्दा वा बोल्दा या छाप्दा प्रमाण स्वीकृती र सहमतिको आवस्यक्ताको जरुरी पर्छ । तर आज आएको सामाचारमा न मेरो सहमति छ न मेरो स्वीकृती नै तसर्थ के को आधारमा online media र पत्रिकाले यसरी समाचार हाल्दै छ मलाइ जवाफ चाहियो।”

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ११ : १३ बजे

राजस्वको कम्तीमा ३५ प्रतिशत हिस्सा मधेसलाई दिनुपर्छः अध्यक्ष ठाकुर

राजविराज – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले

बेनी–दरवाङ सडक खुल्यो

म्याग्दी – धवलागिरी, मालिका र मङ्गला गाउँपालिकालाई म्याग्दीको सदरमुकाम बेनीसँग

सैन्य उपकरण उत्पादनमा सहकार्य गर्नेबारे भारत र साउदी अरबबीच छलफल

काठमाडौं– रक्षा तथा रणनीतिक साझेदारी बढ्दै गइरहेका बेला भारत र

काठमाडौँ महानगरबाट २०४ जनालाई लक्षित वर्ग निःशुल्क उपचार

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले कार्यान्वयनमा ल्याएको लक्षित वर्ग निःशुल्क उपचारबाट

मधेशबाट ‘बलियो’ भएर फर्किइन् विद्या, सक्रियता बढाउँदा ओलीमाथि थप दबाब

काठमाडौँ– नेकपा एमालेको विधान महाधिवेशन नजिकिएका बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी