आक्रोसित हुँदै उषा खड्गीले लेखिन्- के को आधारमा मेरो डीभोर्सको समाचार आयो आधार चाहिँदैन ? « Khabarhub

आक्रोसित हुँदै उषा खड्गीले लेखिन्- के को आधारमा मेरो डीभोर्सको समाचार आयो आधार चाहिँदैन ?


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्व मिस नेपाल उषा खड्गीको आफ्नो वैवाहिक सम्बन्ध संकटमा परेको खबर भाइरल भएपछि मिडियासँग आक्रोस पोखेकी छन् ।

डिभोर्सको समाचारमा आफ्नो सहमति नरहेको भन्दै व्यक्तिगत विषयलाई समाचार बनाएको उनले आक्रोश पोखेकी हुन् ।

उषा खड्गी र जीपी तिमल्सिनाबीच डिभोर्स हुन लागेको समाचार केही नेपाली अनलाइन मिडियाहरुले सार्वजनिक गरेका थिए । उनले व्यक्तिगत कुरामा बिना आधार समाचार लेखेको भन्दै आक्रोश पोख्दै जवाफ समेत मागेकी छन् ।

पूर्व मिस नेपाल खड्गीले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै डिभोर्सको समाचार झुटो रहेको भन्दै मिडियाहरु माथि नै प्रश्न उठाउदै जवाफ समेत मागेकी छिन ।

यस्तो लेखेकी छन् उनले

“मेरो देश नै अचम्मको, पत्रकारिता मर्यादा भनेको कसैलाइ उधृत गर्दै जस्को पनि निजी र व्यक्तिगत कुरामा बिना आधार जे पनि लेख्न पाँउने पक्कै पनि होइन होला। कृपया व्यक्तिगत कुरामा कसैले पनि मलाइ सम्पर्क नगर्नु होला….कसैको व्यक्तिगत जीवनलाई आफू खुसी मनोरंजनको सामाग्री बनाउनु भन्दा पहिले आधार जरुरी हुन्छ। म अचम्म र स्तब्ध छु, सामाजिक संजालमा नेपाली media ले मेरो जीवनको नितान्त र व्यक्तिगत बिषयलाइ Breaking News बनाएर पस्केको देख्दा कसैको निजी जीवनमा लेख्दा वा बोल्दा या छाप्दा प्रमाण स्वीकृती र सहमतिको आवस्यक्ताको जरुरी पर्छ । तर आज आएको सामाचारमा न मेरो सहमति छ न मेरो स्वीकृती नै तसर्थ के को आधारमा online media र पत्रिकाले यसरी समाचार हाल्दै छ मलाइ जवाफ चाहियो।”

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ११ : १३ बजे

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

बाँके– जिल्ला निर्वाचन कार्यालय बाँकेले अस्थायी मतदाताका लागि तीन मतदान

शरीर बन्धक बनाएको अभियोगमा दुई जना पक्राउ

सिरहा– वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर एक युवकलाई

नेपालमा क्यान्सरको भयावह रूप: वार्षिक २६ हजार नयाँ बिरामी, मृत्युदर घटाउन चुनौती

काठमाडौं – आज विश्व क्यान्सरविरुद्धको दिवस हो। क्यान्सरबाट हुने मृत्यु

सुनको मूल्य १४ हजार चार सयले बढ्यो : कतिमा भइराखेको छ कारोबार ?

काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

एमाले पार्टी कार्यालयमा दिउँसो १ बजे पत्रकार सम्मेलन

काठमाडौं – फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका सम्बन्धमा