‘भाइरल बाबा’ ले बिहे गरे, सामाजिक सञ्जालमा फेरि भाइरल ! | Khabarhub Khabarhub

‘भाइरल बाबा’ ले बिहे गरे, सामाजिक सञ्जालमा फेरि भाइरल !


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अघोरी बाबाका रुपमा चर्चामा आएका भाइरल बाबाले बिहे गरेपछि सामाजिक सञ्जालमा हंगामा मच्चिएको छ । उनले बिहे गरेपछि सामाजिक सञ्जालमा भाइरल बाबाको बिहेलाई लिएर चर्चा भएको छ ।

भाइरल बाबाले शुरुशुरुका अन्तर्वार्तामा बिहे नगर्ने बताउँदै आएका थिए । उनले युवतीसँग बिहे गर्नु ‘झण्झट’ भएको भन्दै तर्किँदै आएका थिए । एक अन्तर्वार्तामा भने उनले करोडौं पैसा हुने युवती भए बिहे गर्छुृ भनेका थिए ।

उनले बिहे गरेपछि भने यो प्रेमलाई नारायणी झैँ अविरल बगेको नदीजस्तै भएका बताएका छन् । उनले आफूले यसपटक अभागी मान्छे भन्ने गर्थे । अहिले भने आफू संसारकै भाग्यमानी महसूस गरेको पनि बताए ।

‘लाइफ ड्यामेज’ भन्दै चर्चामा आएर केही विज्ञापन र म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका भाइरल बाबाले अन्तर्वार्ताका क्रममा भनेका छन् – अहिलेसम्म लाइफ ड्यामेज थियो, अब भने लाइफ म्यानेज भएको छ ।

भाइरल बाबाले अन्तर्वार्ताका क्रममा भनेका छन्, ‘सबैको मौका आउँछ, पर्खिनुपर्छ ।’

उनले ऋषिमुनिले जस्तै आफूले पनि जोडी पाएको भन्दै यो भगवानको ‘उपहार’ का रुपमा लिएँ । यता पत्नीले पनि भाइरल बाबाका युट्युबमा अन्तर्वार्ता हेरेर मन पराएको र खोज्दै आफै भेट्न गएको बताइन् । उनले पनि यो जोडीलाई भगवानले दिएको उपहारका रुपमा लिएकी बताइन् ।

यता आफूले बिहे नै नगर्ने भन्दै बसेका भाइरल बाबाले बिहे गरेपछि सामाजिक सञ्जालमा चर्चामा छाएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले भाइरल बाबाले बिहे गरेको भन्दै रमाइलो बनाएका छन् । कतिले बाबाले बिहे गरेर ‘लाइफ म्यानेज’ गरेको लेखेका छन् ।

‘मर्ने बेला हरियो काँक्रो, जे होस् दाम्पत्य जीवन सुखमय होस्,’ एक प्रयोगकर्ताले लेखेका छन् । अर्का एक प्रयोगकर्ताले लेखेका छन्,

‘हजुरहरुको बाँकी जीवन सधै यसरी नै सुखी अनि खुशी रहँदै जाओस्, वैवाहिक जीवनको मंगलमय शुभकामना बाबा ।’

बिहे गरेपछि अघोरी बाबाले आफ्नो जोडीलाई ‘लैला मजनू’ सँग तुलना गरेका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  १२ : २४ बजे

राजस्वको कम्तीमा ३५ प्रतिशत हिस्सा मधेसलाई दिनुपर्छः अध्यक्ष ठाकुर

राजविराज – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले

बेनी–दरवाङ सडक खुल्यो

म्याग्दी – धवलागिरी, मालिका र मङ्गला गाउँपालिकालाई म्याग्दीको सदरमुकाम बेनीसँग

सैन्य उपकरण उत्पादनमा सहकार्य गर्नेबारे भारत र साउदी अरबबीच छलफल

काठमाडौं– रक्षा तथा रणनीतिक साझेदारी बढ्दै गइरहेका बेला भारत र

काठमाडौँ महानगरबाट २०४ जनालाई लक्षित वर्ग निःशुल्क उपचार

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले कार्यान्वयनमा ल्याएको लक्षित वर्ग निःशुल्क उपचारबाट

मधेशबाट ‘बलियो’ भएर फर्किइन् विद्या, सक्रियता बढाउँदा ओलीमाथि थप दबाब

काठमाडौँ– नेकपा एमालेको विधान महाधिवेशन नजिकिएका बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी