रणवीर सिंहको फिल्म ‘धुरन्धर’मा नेपाली दर्शकको चासो « Khabarhub

रणवीर सिंहको फिल्म ‘धुरन्धर’मा नेपाली दर्शकको चासो


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही शुक्रबारदेखि नेपालमा प्रदर्शन हुन लागेको बलिउड मल्टिस्टारर फिल्म ‘धुरन्धर’ले बक्स अफिसमा आक्रामक सुरुवात गर्ने संकेत देखाएको छ ।

रणवीर सिंह र सञ्जय दत्त शीर्ष भूमिकामा रहेको एक्सन ड्रामाप्रति नेपाली दर्शकको चासो देखिएको छ।

फिल्मले देशव्यापी रूपमा १६१ शोज पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई उच्च प्राथमिकता दिँदै काठमाडौंका आउटलेटमा ३५ र उपत्यका बाहिर ३६ गरी कुल ७१ शो उपलब्ध गराएको छ ।

त्यस्तै, आईएनआईले २०, वान सिनेमाजले १३, बिग मुभिजले ८ र एफक्युबले ७ शो दिएका छन् । अन्य हलहरूमा पनि सोही अनुपातमा शो बाँडफाँड गरिएको छ ।

रिलिज पूर्व नै फिल्मको बुकिङ उत्साहजनक देखिएको छ । केही हलमा बिहानी शोहरू ‘हाउसफूल’ भइसकेका छन् भने दिउँसोका शोहरू पनि बुकिङको चाप देखिन्छ ।

‘उरीस् द सर्जिकल स्ट्राइक’ फेम निर्देशक आदित्य धरले निर्देशन गरेको यो फिल्म भारतीय जासुसी मिसनमा आधारित ‘स्पाई थ्रिलर’ हो । नेपालमा यो फिल्मलाई ‘श्याडो पिक्चर्स’ले ल्याएको हो ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ७ : ३८ बजे

विश्वकप लिग-२ : टस जितेर ओमानविरुद्ध ब्याटिङ गर्दैै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको

प्रधानमन्त्री बालेन भन्छन्- नेताको भीडबाट होइन, विद्यार्थीले गुरुबाट राजनीति सिकून्

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिक

फेरि बजारमा एकपटक कमेडीको लहर

काठमाडौँ – ‘नयाँ पुस्ता परिवर्तनका सम्बाहक हुन्’ भन्ने भनाइको प्रभाव

आन्तरिक रणनीति तय गर्न सभापति थापा सक्रिय: आज कोइराला र खड्कासँग भेट्दै

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक रणनीति

अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

इलाम – इलामको पर्यटकीय गन्तव्य अन्तु पोखरी चार दशकअघिसम्म भैँसी