सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित « Khabarhub

सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित


१८ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सले ४९ रनको जित निकाल्दै आफ्नो अपराजित यात्रा कायम नै राखेको छ ।

कीर्तिपुरस्थिति त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेको चितवनले पहिले फिल्डिङ गर्‍यो । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको चितवन १७ ओभर १ बलमा सबै विकेट गुमाउँदै १२० रनमा समेटिएको हो ।

यससँगै समूह चरणका २ खेलअघि नै प्लेअफमा स्थान बनाएको सुदूरपश्चिमले ६ खेलमा शत प्रतिशत नतिजा निकाल्दै आफ्नो अपराजित यात्रा कायम राखेको छ । यो टिमले यसअघि जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजलाई जितेको थियो ।

१२ अंकसहित सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा छ । चितवन भने ६ खेलमा २ जित र ४ हारले ४ अंकसहित तालिकाको छटौं स्थानमा छ । आजको खेलमा ब्याटिङ निर्णायक बन्दा सुदूरपश्चिमले जित निकालेको हो ।

ओपनर क्रिस लिनले ५६ बलमा ७५ रन जोडेर सुदूरपश्चिमको ब्याटिङ उकासेका थिए । उनले १७ ओभरमा पुगेर रिटायर्ड आउट भए । उनी रिटायर्ड आउट भएपछि क्रिजमा आएका दीपेन्द्रसिंह ऐरीले अविजीत २४ रन जोडे ।

आरिफ शेखले पनि अविजीत २४ रन जोडे । ओपनर बिनोद भण्डारी २१ र पुनीत मेहराको १३ रनले सुदूरपश्चिमले चितवनलाई १७० रनको बलियो लक्ष्य प्रस्तुत गरेको हो ।

जवाफी ब्याटिङमा उत्रिएको चितवनका कुनै ब्याटर चम्किन सकेनन् । ओपनर अर्जुन साउद १६, अर्का ओपनर डविड मलान र सैफ जैब समान ६–६ रनमा आउट भए । सर्वाधिक रन जोड्ने रवि बोपारले २३ बलमा १ छक्का र २ चौकाको सहयोगमा २९ रन जोडे । दोस्रो सर्वाधिक रन बनाउने देव खनाल १९ बलमा २८ रन बनाए बिदा भए ।

अन्यले दोहोरो रन बनाउन सकेनन् । बलिङतर्फ सुदूरपश्चिमका पुनीत मेहराले ३ विकेट लिए । दोस्रो बढी रन बनाउने देव खनाललाई उनलै आउट गराएका हुन् । १ विकेट लिएका हिक्मत महराले सैफ जैबको महत्त्वपूर्ण विकेट लिए ।

दीपेन्द्रसिंह ऐरीले ओपनर अर्जुन साउद मात्रै १ विकेट लिए । ईसान पाण्डेले कप्तान कुशल मल्लको विकेट लिए । सुदूरपश्चिमले पोखराका डविड र अमरसिंह रौतेलालाई रन आउट गरेको हो । चार ओभर बलिङ गरेका हर्मित सिंह खर्चिला बलर बने । विकेटविहीन रहेर उनले ३४ रन खर्चिए ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहिबार  ७ : ४० बजे

मिडिया हाउसमाथि हस्तक्षेपको शैलीले सुशासनको खिल्ली उडाएको जेनजी अभियन्ता बमको आरोप

काठमाडाैँ – जेनजी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रौतहटमा ट्याक्टर र मोटरसाइकल ठोकिँदा प्रहरी जवान चौधरीको निधन, श्रीमती घाइते

रौतहट– फतुवा विजयपुर नगरपालिका–११ स्थित दुधिअवा–बालचनपुर सडकखण्डमा ट्याक्टर र मोटरसाइकल एकापसमा

सीमा सुरक्षा र द्विपक्षीय सहकार्य सुदृढ बनाउने साझा प्रतिबद्धता

काठमाडौं– नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध

विपद् पूर्वतयारी रणनीति सुधार्न सुरक्षा निकायका प्रमुखहरूको सुझाव

काठमाडौं– विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटनाहरू पहिले भन्दा

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप