लुम्बिनीले गुमायो पाचौँ विकेट « Khabarhub

लुम्बिनीले गुमायो पाचौँ विकेट


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनको पच्चिसौँ खेलमा अहिले जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा जनकपुरले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याउँदै लुम्बिनी लायन्सले जवाफी ब्याटिङ गरिरहेको छ ।

खेलमा लुम्बिनीले पाचौँ विकेट गुमाएको छ । खेलको १५ ओभर १ बलमा लुम्बिनीका विकेटकिपर ब्याटर निरोशन डिकवेला आउट भए । उनलाई जनकपुरका सञ्जय कृष्णमुर्तीले एलबीडब्लू आउट गरेका हुन् । आउट हुनुअघि उनले २० बलमा १७ रन जोडे ।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३२ रन बनायो । जनकपुरका लागि सङ्गीथ कुरेले सर्वाधिक नट आउट ४५ रन बनाए । ३८ बलको सामना गरेका उनले दुई चौका र एक छक्का प्रहार गरे । त्यसैगरी, मयन यादवले २३ बलमा २७ रन जोडे । त्यस्तै, ओपनर आशिफ शेखले १७ बलमा २० रनको योगदान दिए ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेल र शेर मल्लले समान दुई विकेट लिए । त्यसैगरी, रुबेन ट्रम्पलम्यान र जेजे स्मिटले समान एक विकेट लिए । जनकपुर एनपीएलको अंक तालिकाको पुछारमा छ भने लुम्बिनी चौथो स्थानमा छ ।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन्। नेपाल क्रिकेट सङ्घ क्यानले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ । मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुने छ ।

एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन् । शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपैयाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ।

प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ ।

एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ७ : ०३ बजे

हाँडेभिर-बगरफाँट-भकिम्ली सडक स्तरोन्नति गरिँदै

गलेश्वर– ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर-बगरफाँट-दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको

गोदावरीका अतिक्रमित संरचना हटाउन सुरु

गोदावरी– कैलालीको गोदावरी नगरपालिका-२ स्थित दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा अतिक्रमण

उपचारका क्रममा सुर्खेतमा २० वर्षीय सुत्केरीको मृत्यु

कर्णाली– तिला गाउँपालिका-३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारका