प्लेअफमा सुदूरपश्चिम, काठमाडौं, विराटनगर र लुम्बिनी, चार टोली फर्किए घर « Khabarhub

प्लेअफमा सुदूरपश्चिम, काठमाडौं, विराटनगर र लुम्बिनी, चार टोली फर्किए घर


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लिग चरणबाटै नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को यात्रा टुङ्गायउने जोखिमका साथ साबिक विजेता जनकपुर बोल्ट्सविरुद्ध उत्रिएको लुम्बिनी लायन्सले जित निकाल्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शुक्रबार भएको खेलमा जनकपुरविरुद्ध ४ विकेटको जित निकाल्दै लुम्बिनीले ८ अंकसहित तालिकाको चौथो स्थानमै यथावत रहेर प्लेअफमा स्थान बनाएको हो । लुम्बिनीले ७ खेलमा ४ जित निकालेको छ ।

टस हारेर १३३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले १९ ओभर १ बलमा ६ विकेटको क्षतिमा १३७ रन बनाउँदै जित निकालेको हो ।

यससँगै प्लेअफमा सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किङ्स र लुम्बिनीको प्रतिस्पर्धा हुने भएको छ ।

सुदूरपश्चिम ६ खेलमा शतप्रतिशत जित निकाल्दै १२ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । काठमाडौं ५ खेलमा पाँच जित निकाल्दै १० अंकका सात तालिकाको दोस्रो स्थानमा छ ।

विराटनगर ६ खेलमा ४ जित निकाल्दै ८ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।

पोखरा, चितवन राइनोज, कर्णाली याक्स र जनकपुर बोल्ट्सले भने लिग चरणबाटै एनपीएल २ को यात्रा सकेर घर फर्किएका छन् ।

६ खेलमा २ जितको अवस्थामा ४ अंकसहित तालिकाको पाँचौ स्थानमा पोखरा छ । ६ खेलमा २ जित र ४ हारको अवस्थामा ४ अंकसहित नेट रन रेटका आधारमा चितवन राइनोज छटौं स्थानमा छ ।

७ औं स्थानमा रहेको कर्णाली ६ खेलमा १ जित निकाल्दै २ अंक जोडेर लिग चरणबाट बाहिरिने पहिलो टिम बनेको हो ।

जनकपुर ६ खेलमा १ जित निकाल्दै २ अंकसहित तालिकाको अन्तिम स्थानमा छ ।

अब यी चार टोलीका भेट सिजन ३ मा हुनेछ ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ७ : २२ बजे

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुमवासीको बिजोग (तस्बिरहरू)

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०