जनकपुरलाई कर्णालीले दियो १३० रनको लक्ष्य « Khabarhub

जनकपुरलाई कर्णालीले दियो १३० रनको लक्ष्य


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत लिग चरणको जारी अन्तिम खेलमा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले १३० रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२९ रन बनाएको हो ।

यस इनिङमा जनकपुरका बलरहरु कर्णालीका बलरहरु हाबी भए । जनकपुरले कर्णालीका ओपनर मार्क वाटलाई २ ओभरको तेस्रो बलमै आउट गराएको हो । उनी ७ बलमा ४ रन बनाएर आउट भए ।

अर्का ओपनर इमरान शेख भने ३२ बलमा १ चौका र १ छक्काको सहयोगमा ३३ रन बनाएर आउट भए । प्रियांक पञ्चाल ३३, गुल्सन झा १९, विलियम बोसिस्टो १५, नजिबुल्लाह जद्रान १३, पवन सर्राफ १, अर्जुन घर्ती ४ रन जोडेर आउट भए ।

बलिङतर्फ आदित्य महता र ललिज राजवंशीले समान २–२ विकेट लिए । संगीत कुरे, अनिल शाह र माज सदाकतले समान १–१ विकेट लिए । राजवंशीले ओपनर तथा सबैभन्दा बढी रन बनाउने इम्रान शेख र प्रियांको महत्तवपूर्ण विकेट लिए ।

संगीत कुरेले ओपनर मार्क वाटको महत्त्वपूर्ण विकेट लिए । २ ओभर बलिङ गरेका अनिल शाहले २३ रन खर्चिए । यस इनिङका उनी खर्चिला बलर हुन् ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ५ : ०३ बजे

पहिरोपछि बनेको अस्थायी ताल फुट्यो, प्रहरीले भन्यो : उद्धार रोकेर सुरक्षित स्थानमा जानू

काठमाडौं- नेपाल–चीन सीमा क्षेत्रमा पहिरोपछि बनेको अस्थायी ताल फुटेपछि चीनले

हाइड्रोको सुरुङमा फसेकालाई यसरी निकाल्यो सेनाले

काठमाडौं– रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन– रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव

रसुवाको भोटेकोसीमा राहतका लागि सरकारी संयन्त्रसँग समन्वय गर्न आग्रह

काठमाडौं– रसुवाको भोटेकोसीमा बाढीपीडितका लागि राहत तथा उद्धार कार्यलाई व्यवस्थित

रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली नेपाल आउने

काठमाडौं- रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको