ओली-देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस « Khabarhub

ओली-देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशको ठूलो दल नेपाली कांग्रेस पनि भदौ २७ गते गरिएको प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा पुगेको छ ।

उक्त कदम असंवैधानिक भएको विघटित संसद्मा प्रमुख सचेतक श्याम घिमिरेले अधिवक्ता खम्मबहादुर खातीलाई वारिसे बनाउँदै सर्वोच्च अदालतमा रिट हालेका हुन् ।

कांग्रेसको तर्फबाट घिमिरेले निर्वाचन समिति संयोजक एवम् पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई वारिसे बनाएर रिट हाल्न लगाएका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार महाराजञ्जमा वार्ता भएको थियो । त्यही भेटको प्रतिफल कांग्रेस पनि एमालेलाई पच्छ्याउँदे सर्वोच्चमा पुगेको हो ।

कांग्रेस प्रतिनिधि सभाका संसदीय दलका प्रमुख सचेतक घिमिरे र सचेतक सुशीला थिङसहित ८ जना सांसदलाई रिट निवेदक बनाएको छ । अब यो रिट सोमबार दर्ता हुने छ । यसअघि कांग्रेसले संसद् पुनर्स्थापनाका लागि हस्ताक्षर अभियान पनि चलाएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ६ : ०२ बजे

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौं– प्रतिकूल मौसमका कारण आज दिउँसोदेखि हवाई उडान प्रभावित बनेको

आईसीसी विश्वकप लिग–२ : ओमानसँग नेपाल १०२ रनले पराजित

काठमाडौं– आईसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाल ओमानसँग १०२ रनले पराजित

इजरायली राजदूत र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबीच भेटवार्ता

काठमाडौं– प्रमुख विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज

‘दक्षिण सुडानमा ७८ लाख मानिस खाद्य असुरक्षाको जोखिममा’

एजेन्सी– दक्षिण सुडानमा बढ्दो भोकमरी संकटका कारण सन् २०२६ अप्रिलदेखि जुलाईसम्म

पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ– पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको छ