आज २०८२ साल मंसिर २२ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल मंसिर २२ गते सोमबारको राशिफल


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल मंसिर २२ गते सोमबार तदनुसार सन् २०२५ डिसेम्बर ८ तारिख। पुस कृष्ण पक्षको चतुर्थी तिथी। आज अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : दिन सामान्य छ। घमण्डले फाइदा नगर्ने हुँदा शान्त बन्नुपर्ने दिन छ। खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम देखिन्छ। दाम्पत्य जीवनमा सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। आर्थिक उन्नति हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : समय राम्रो छ। लगानीको क्षेत्रबाट आम्दानी हुनेछ। अरुको प्रभावमा नपर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सन्तोषजनक रहने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : शुभ दिन छ। समाज र देशको भलाइ गर्ने समय छ। आजको लगानीले उन्नती हुनेछ। धार्मिक यात्रा हुने योग छ। व्यापारमा फाइदा हुनेछ। व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ।

सिंह : दिन सामान्य छ। ठूला लगानीमा हात नहाल्नु उचित हुनेछ। परिवारमा टकराब देखिने भएकाले तपाईंका लागि मौन रहनु फाइदा हुनेछ।

कन्या : आजको दिन राम्रो छ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। धेरै ग्रह सकारात्मक भएकाले तपाईंको काम बन्नेछ। साथीभाइले साथ दिनेछन्। स्वदेशको भन्दा विदेशको लगानीबाट फाइदा हुनेछ।

तुला : दिन राम्रो छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। आलश्य त्याग्नु राम्रो हुन्छ। समाजबाट सम्मान प्राप्त हुनेछ। परिवारबाट सुख मिल्नेछ। दक्षिण तर्फको यात्रा नगर्नु राम्रो हुन्छ।

वृश्चिक : समय सामान्य छ। आर्थिक क्षेत्रमा लाभ हुनेछ। बन्धु सकारात्मक छन्। अपमान सहनुपर्ने हुनसक्छ। दाम्पत्य जीवन सुखमय रहनेछ।

धनु : समय सामान्य छ। मिहिनेतको फल नमिल्न सक्छ। मानिसलाई खुशी बनाउन नसक्ने दिन छ। झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। वैदेशिक लगानीबाट फाइदा हुनेछ।

मकर : दिन राम्रो छ। आजको योजनाले महत्त्वपूर्ण काम बन्नेछ। दीर्घकालीन योजना बनाउनु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट सफलता मिल्नेछ। स्वास्थ्यमा लाभ हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ।

कुम्भ : खर्च बढ्नेछ। यात्रा तय हुन सक्छ। सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ। प्रशंसा हुनेछ। दाम्पत्य जीवनमा खटपटी बढ्ने भएकोले व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ।

मीन : दिन राम्रो छ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या देखिने सम्भावना छ। अनावश्यक खर्च बढ्नेछ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ६ : ०७ बजे

विस्केट जात्रा : २६ गतेसम्म रथ बनाइसक्ने

काठमाडौं– भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक विस्केट जात्राको

उडान अवरुद्ध हुँदा विदेशबाट ३८ शव ल्याउन समस्या

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा युद्धका कारण उडान अवरुद्ध हुँदा

कैलालीका किसानलाई गहुँबाली भित्र्याउने चटारो

कैलाली– कैलालीका किसानलाई यतिबेला गहुँबाली भित्र्याउन चटारो छ । अचेल

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरूमा नयाँ भर्ना

सुरक्षा परिषदमा बहराइनको प्रस्तावलाई लिएर शक्ति राष्ट्रबीच मतभेद

न्यूयोर्क- होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा तयार पारिएको संयुक्त