पाकिस्तानमा भएको आक्रमणमा, छ जनाको मृत्यु, छ घाइते « Khabarhub

पाकिस्तानमा भएको आक्रमणमा, छ जनाको मृत्यु, छ घाइते


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमबार आतङ्ककारीहरूले सुरक्षा फौज माथि आक्रमण गर्दा छ जना सुरक्षाकर्मीको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएको सुरक्षा स्रोतले मङ्गलबार जनाएका छन् ।

स्थानीय समय अनुसार सोमबार दिउसो करिब १ः३०मा आतङ्ककारीहरूले कुर्रम जिल्लामा सेनाका जवानहरूमाथि गोली चलाएर आक्रमण गरेको स्रोतहरूले नाम न छाप्ने सर्तमा बताएको सिन्ह्वाले जनाएको छ ।

 आक्रमणको प्रतिक्रिया स्वरूप सुरक्षा बलहरूले गोली चलाउँदा बेलुका ७ः५० बजे सम्म निरन्तर आक्रमण जारी रहेको स्रोतले जनाएको छ ।  

तीव्र झडप र अँध्यारोका कारण घटना स्थलबाट मृतक सैन्य कर्मचारीहरूको शव अहिलेसम्म बरामद हुन नसकेको जनाइएको छ ।  

झडपमा घाइते भएका छ जना कर्मचारीहरूलाई सुरक्षित रूपमा उपचारको लागि नजिकैको अस्पतालमा लगिएको जनाइएको छ । 
  
स्रोतहरूका अनुसार दुई दलहरू तैनाथ सैनिकहरूलाई समर्थन गर्न पठाइएको अवस्थामा सन्दिग्ध उग्रवादी समूहले उक्त स्थानहरूमा आक्रमण गरी गोली चलाइएको थियो ।

प्रारम्भिक प्रतिवेदनले झडपमा दुई जना आतङ्कवादी मारिएको र अन्य दुई जना घाइते भएको जनाएको भएता पनि अहिलेसम्म कुनै शव वा घाइते आतङ्कवादीहरू फेला नपरेको  स्रोतले जनाएका छन् । रासस

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  १२ : ४४ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी