भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरले भेटे प्रधानमन्त्री कार्कीलाई « Khabarhub

भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरले भेटे प्रधानमन्त्री कार्कीलाई


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल भ्रमणमा रहेका भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् ।

सिंहदरबारमा मंगलबार दिउँसो भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध आयामबारे कुराकानी भएको छ ।

नेपालमा आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । भारतले नेपालको निर्वाचनमा सहयोग गर्ने घोषणा गरिसकेको छ ।

यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट्दै भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरले निर्वाचनका लागि आवश्यक स्रोतसाधन र सुरक्षा बन्दोबस्तीका सामग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

भारतीय विदेश मन्त्रालयको उत्तर मामिला हेर्ने अतिरिक्त सचिव मुनु नेपाल भ्रमणको सिलसिलामा आइतबार काठमाडौं आएका हुन् ।
 
भेटमा भारतीय अतिरिक्त सचिवले जाजरकोट भूकम्पपछिको पुनर्निर्माण तथा विपद्बाट क्षति भएका संरचनाको पुनर्स्थापना र व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको गृहमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।

अतिरिक्त सचिव महावरले गृहमन्त्री अर्याललाई उपयुक्त समयमा भारत भ्रमणको निमन्त्रणासमेत दिए  ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  २ : १४ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी