प्रदेश सरकार भ्रष्टाचार नियन्त्रण एवं सुशासन कायम गर्न प्रतिबद्ध : मुख्यमन्त्री कार्की « Khabarhub

प्रदेश सरकार भ्रष्टाचार नियन्त्रण एवं सुशासन कायम गर्न प्रतिबद्ध : मुख्यमन्त्री कार्की


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले भ्रष्टाचार न्यूनीकरण गरी सुशासन कायम गर्न प्रयत्नरत रहेको बताएका छन् ।

‘भोलिको सदाचार निर्माणः युवाहरुसँग भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता’ नाराका साथ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज विराटनगरमा आयोजित भष्टाचार विरुद्धको २५औँ अन्तरराष्ट्रिय दिवस–२०२५ को उद्‌घाटन गर्दै उनले राष्ट्र निर्माण र नेपाली जनताप्रति सुशासन कायम गर्ने प्रतिबद्धताअनुसार भ्रष्टाचारविरुद्ध अभियानमा लाग्न सबैलाई आह्वान गरे।

मुख्यमन्त्री कार्कीले मुलुकलाई सुसंस्कृत, सभ्य, आधुनिक, विकसित राष्ट्र बनाउन भ्रष्टाचार न्यूनीकरण अभियानमा प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिए । 

उनले बेरुजु एवं पेस्की फछ्र्यौट, नीतिनिर्माण, बजेट कार्यान्वयन क्षेत्र अधिकारको न्याय सम्पादनमा इमान्दारीका साथ काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए। 

मुख्यमन्त्री कार्कीले भ्रष्टाचार न्यूनीकरण अभियान सञ्चालन गर्नका लागि प्रदेशका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख, कार्यकारी अधिकृत एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहभागितामा आगामी दुई महिनाभित्र कार्यक्रम सञ्चालन गरी मुलुकमा सन्देश प्रवाह गरिने बताए।

प्रदेशका निमित्त प्रमुख सचिव राजुप्रसाद गुरागाइँले भ्रष्टाचार अपराध भएको र यो दण्डनीय हुने धारणा राखे। जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राईले भ्रष्टाचार नियन्त्रण गर्न वर्तमान कानुनमा संशोधन गर्नुपर्ने सुझाव दिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले मन, वचन र कर्मले भ्रष्टाचार विरुद्धको अभियानमा लाग्न समाजलाई सन्देश दिनुपर्ने धारणा राखे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख खगेन्द्रप्रसाद रिजालले भ्रष्टाचार मुलुकको समृद्धिको बाधक भएकाले यसको नियन्त्रण कायम गरी सुशासन कायम गर्नु हामी सबैको जिम्मेवारी रहेको धारणा राखे ।

मुख्यमन्त्री कार्यालयका सचिव एकदेव अधिकारीले ‘प्रदेश सरकारले भ्रष्टाचार विरुद्धका प्रयास एवं नियन्त्रणका प्रयास र सुधारका क्षेत्रहरू’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रदेश सरकार सबै मन्त्रालयका सचिव, कर्मचारी, सुरक्षा निकायका प्रदेश प्रमुखहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  २ : ५० बजे

सर्वोच्चले दिएन रमेश लेखकको पक्षमा आदेश, हिरासतमै राखेर अनुसन्धान गर्ने बाटो खुल्यो

काठमाडौं- सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै

इजरायलविरुद्ध हुथी समूहको आक्रमणसँगै पश्चिम एशियामा तनाव चर्कियो, जलमार्गमा अवरोधको डर

साना- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले इजरायलविरुद्ध मिसाइल आक्रमण गरेपछि

भानुआटुमा शक्तिशाली भूकम्प

पोर्ट भिला- प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प

भौतिक मन्त्रीले भने, ‘कर्मचारीले कमिशन मागे मलाई सिधै जानकारी दिनु, कारबाही गर्छु’

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले कुनै पनि

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिजिटल प्रणाली चुस्त बनाइने

काठमाडौं– मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक सय