एमाले नेतृहरूको आरोप : ओलीले पार्टीमा राजनीतिक महिला हिंसा गरे « Khabarhub

एमाले नेतृहरूको आरोप : ओलीले पार्टीमा राजनीतिक महिला हिंसा गरे


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वर्तमान अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक महिला हिंसा गरेको बताएकी छन् ।

एघारौँ महाधिवेशन नजिकिँदै गर्दा मंगलबार आयोजित अन्तरसंवाद बोल्दै उपाध्यक्ष शाक्यले ओलीमाथि कडा आरोप लगाएकी हुन् ।

उपाध्यक्ष शाक्यले अध्यक्ष ओलीका कामबारे प्रश्न गर्नै नहुने प्रवृत्तिलाई गलत भनेकी छन् । ‘अध्यक्ष ओली आमाको कोखबाट जन्मेको हुन् कि होइनन् ?’, उनले अगाडि भनिन् ।

उनले देशभरका एमाले कार्यकर्ता अध्यक्ष ओलीका नभएर पार्टीका भएको पनि टिप्पणी गरिन् । त्यसैगरी अर्की नेतृ डा. बिन्दा पाण्डेले पुरुषले मात्रै दिने चलन हटाउँदै अब महिलाले पनि दिने चलन चाहिने बताइन् ।

उनले काठमाडौंमा भएको नवौँ महाधिवेशनमा पारित महिला हिंसासम्बन्धी प्रस्ताव कार्यान्वयन नभएको बताइन्। त्यसलाई ११औँ महाधिवेशनमा एजेन्डा बनाएर बहस गराउनुपर्ने बताइन् ।

अन्य नेतृहरूले एमाले बढेको राजनीतिक महिला हिंसा उन्मुलनका लागि सबैको साथ चाहिने पनि बताएका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ३ : ३६ बजे

आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै

काठमाडौं– आज विश्वका विभिन्न मुलकमा अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै छ

गलकोट दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै

बागलुङ– एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबार अवलोनक

कर्णालीको विकासका लागि पाँच बुँदे प्रतिबद्धता

कर्णाली– कर्णाली प्रदेश सरकारसहित सरोकार भएकाहरूले प्रदेशको विकासका लागि पाँच

दोस्रो क्वालिफायरमा लुम्बिनी र विराटनगर भिड्दै : सन्दीपको बलिङलाई कसले रोक्ने ?

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स

मनोनयन दर्ता गर्दा उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्ने

काठमाडौं – अब निर्वाचन अगाडि मनोनयन पदत्र दर्ता गर्दा उम्मेदवारले