जकार्ताको ड्रोन कम्पनीमा आगलागी, १८ जनाको मृत्यु « Khabarhub

जकार्ताको ड्रोन कम्पनीमा आगलागी, १८ जनाको मृत्यु


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इन्डोनेसियाको सेन्ट्रल जकार्ताको ड्रोन कम्पनी ‘टेरा ड्रोन’को कार्यालय भवनमा मंगलबार आगलागी हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको स्थानीय मिडियाले जनाएका छन् । 

एएफपी समाचार एजेन्सिले ड्रोन कम्पनीको भवनमा ब्याट्रीमा विस्फोट भएर आगलागीमा हुँदा कम्तीमा २० जनाको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै जनाएको छ । अहिले सम्म पुरुष र १५ जना महिला गरी २० जना पीडितलाई उद्धार गरिएको छ ।  

भवनमा लागेको आगो द्रुत गतिमा फैलिए पछि सबै १८ जना पीडितहरू  भवन भित्र फसेर मृत फेला परेका जनाइएको छ । गम्भीर रूपमा जलेको अवस्थामा उनीहरूको शवलाई झोलामा राखेर थप पहिचानका लागि एम्बुलेन्सद्वारा पूर्वी जकार्ताको प्रहरी अस्पतालमा लगिएको थियो ।

सहरका अग्निशामक टोलीहरूले विषेश निगरानीका साथ भवनमा खोजी कार्य जारी राखेको जनाइएको छ । उद्धारकर्मीहरूले आगलागी पछि भवनको माथिल्लो तलामा फसेका जीवित मानिसहरूलाई सिँढीको माध्यमबाट उद्धार गरिएको जनाइएको छ भने आगो नियन्त्रणमा ल्याउन दर्जनौँ कर्मचारी र फायर इन्जिनहरू तैनाथ गरिएको थियो ।

थप पीडितहरू अझै पनि भवन भित्र रहेको आशंका गरिएको स्थानीय मिडियाले जनाएका छन् । अधिकारीहरूले मृतकको सङ्ख्या पुष्टि गर्न तथा आगलागीको कारण निर्धारण गर्न खोज र उद्धार कार्य जारी  राखेको जनाइएको छ । 

आगलागी हुँदा भवन भित्र कति जना थिए भन्ने विवरण अधिकारीहरूले अझै दिएका छैनन् ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ४ : ५८ बजे

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली