रोयल इन्फिल्डको नयाँ मोडल ‘हन्टर ३५०’ नेपालमा « Khabarhub

रोयल इन्फिल्डको नयाँ मोडल ‘हन्टर ३५०’ नेपालमा


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मीड साइज मोटरसाइकल समूह (२५०–७५० सीसी) मा रोयल इन्फिल्डले स्ट्रिट रोड्स्टर मोडेल हन्टर ३५० को नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ । 

रङ, सुधारिएको सस्पेन्सन तथा सहज एर्गोनोमिक डिजाइनसहितको यस बीएि भीआई नयाँ हन्टर ३५०, २०२५ संस्करण कम्पनीले सोमबार काठमाडौंमा प्रस्तुत गरेको हो ।

नयाँ हन्टर ३५० मा रियो ह्वाइट, टोकियो ब्ल्याक, लन्डन रेड र ग्रेफाइट ग्रे गरी चार ‘स्ट्रीट–इन्स्पायर्ड’ रङ उपलब्ध छन् । कम्पनीका अनुसार यीमध्ये तीन रङ विश्वका सांस्कृतिक पहिचान सम्बन्धी प्रतीकहरूबाट सिर्जित अवधारणामा आधारित छन्- रियोका सेता तट, लन्डनका राताका ‘ब्रिक लेन’ र टोकियो का रातो–कालो शहरी सडकका ग्रेफाइट ग्रेले मोटरसाइकललाई ‘स्टेल्थ’ लुक र दमदार उपस्थिति प्रदान गर्ने दाबी गरिएको छ ।

कम्पनीका अनुसार यस संस्करणमा स्लिप असिस्ट क्लच जडान गरिएको छ जुन ३५०–सिसी मोडेलमा पहिलो पटक प्रयोग भएको सुविधा हो । 

साथै, परिमार्जित पछाडिको सस्पेन्सन, बढेर १६० एम एम ग्राउण्ड क्लियरेन्स, सुधारिएको सीट, डुअल च्यानल एबीएस, एलईडी हेडलैम्प तथा एर्गोनोमिक डिजाइनले समग्र सवारी अनुभव सहज बनाउने र ट्रिप नेभिगेटर अप्सनको रुपमा थप गरिएको कम्पनीले जनाएको छ ।

रोयल इन्फिल्डका प्रमुख कमर्सियल अधिकृत यादविन्दर सिंह गुलेरिया भन्छन्, ‘नेपालमा मोटरसाइकल दैनिकीसँगै जीवनशैलीकै हिस्सा बनेको छ। युवा पुस्ताको ऊर्जा र शहरी गतिलाई ध्यानमा राखेर हामीले नयाँ हन्टर ३५० ल्याएका हौँ। यो नेपालका जीवन्त शहरी सडकका लागि पूर्णतः उपयुक्त मोडेल हो।’

नयाँ हन्टर ३५० को नेपाली बजार मूल्य यसप्रकार रहेको छ ।

·         सिंगल टोन: रियो ह्वाइट, ड्यापर ग्रे र ग्रेफाइट ग्रे-रु,९४,९००

·        दोहोरो टोन: टोकियो ब्ल्याक, लन्डन रातो र निलो- रु,९९,९००

कम्पनीले देशभरका आफ्ना शोरुममा बुकिङटेस्टराइडखुला रहेको जनाएको छ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ५ : ५४ बजे

वैशाख महिनाका लागि घट्यो वाणिज्य बैंकहरूमा व्यक्तिगत निक्षेपको ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले आगामी २०८३ वैशाख महिनाका लागि नयाँ ब्याजदर

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

काठमाडौं– नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय

सडकपेटीमा व्यापार नगर्न नगरपालिकाको निर्देशन

गाईघाट– सदरमुकाम गाईघाट बजारका मुख्य सडकपेटीहरुमा व्यापार व्यवसाय गर्न त्रियुगा

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी