पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : भण्डारी छुटे, अधिकारी थुनामै « Khabarhub

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : भण्डारी छुटे, अधिकारी थुनामै


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको थियो। तर उनले धरौटी बुझाएनन्। धरौटी बुझाए पनि तत्काल थुनामुक्त हुन नपाउने अवस्थामा अधिकारी छन्।

अदालतले भनेको छ, ‘आजको थुनछेक आदेशमा प्रतिवादी प्रदीप अधिकारीलाई ५ लाख धरौटी माग भएकोमा निज प्रतिवादी अर्को मुद्दामा थुनामै रहेको र आजको इजलासबाट माग भएको धरौटी रकम नबुझाएकोले थुनामै पठाइएको छ।’

अर्का प्रतिवादी मुरारी भण्डारीलाई १ लाख धरौटी माग भएकोमा धरौटी रकम बुझाएर उनी भने रिहा भइसकेका छन्।

मङ्गलबार विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा भएको थुनछेक बहसमा अधिकारीसँग ५ लाख र प्राधिकरणका पूर्वनिर्देशक मुरारी भण्डारीसँग १ लाख रुपैयाँ धरौटी माग गरी रिहा गर्न आदेश दिएको थियो।

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारी र भण्डारीसहित कुल ५५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। यो मुद्दामा उनीहरूसँग ८ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी बिगो माग दाबी गरिएको छ।

विशेष अदालतले आइतबार नलिनचोक हेलिपोर्ट भ्रष्टाचारमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। त्यसपछि उनी डिल्लीबजार कारागारमा छन्। हेलिपोर्ट भ्रष्टाचारमा अधिकारीसहित ६ जना प्रतिवादीसँग १३ करोड ५७ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले आरोपपत्र दायर गरेको थियो।

यसअघि, पूर्वनिर्देशक मुरारी भण्डारी भने नलिनचोक हेलिपोर्ट मुद्दामा ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ८ : ३६ बजे

अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,

रास्वपा परित्याग गरेकी शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा ममता शर्मा (बारा)लाई

आरसीबीले बनायो कीर्तिमानी स्कोर, गुजरातलाई २५५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग २०२६ को क्वालिफायर–१ मा रोयल

वैदेशिक रोजगारीबाट श्रीलंकामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा

कोलम्बो – श्रीलंकाले सन् २०२६ को अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त

मनसुनी विपद्ः उद्धारका लागि एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौं – नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य