विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ « Khabarhub

विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमि नगरपालिका–८ घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–५ बस्ने ३० वर्षीया उजुना श्रेष्ठ तथा कञ्चनपुर बेलौरी नगरपालिका–२ घर भई हाल ललितपुर टिकाथली बस्ने ४८ वर्षीय मानबहादुर रिसाल रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनले भने, ‘श्रेष्ठले रोमानिया पठाउने भन्दै रु १० लाख तथा रिसालले चेक रिपब्लिक पठाउने भन्दै रु चार लाख, ५० हजार रकम लिई विदेश नपठाइ सम्पर्कविहीन भएको पीडितहरूको उजुरीका आधारमा आज पक्राउ गरिएको हो।’

पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता आचार्यले बताए।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ११ : ०४ बजे

मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

जनकपुरधाम– कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौँ– सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी कार्यविधिलाई

धनगढीबाट डा. गोविन्द केसी २४औँ सत्याग्रह

काठमाडौँ – चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि निरन्तर

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक संघका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग

झमककुमारीको सशक्त सन्देश- सामर्थ्यवान् शरीर हुँदाहुँदै किन ज्यान फाल्नुहुन्छ ?

जीवनले कहिलेकाहीँ यति धेरै परीक्षा लिन्छ कि हार मान्न मन