विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ « Khabarhub

विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमि नगरपालिका–८ घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–५ बस्ने ३० वर्षीया उजुना श्रेष्ठ तथा कञ्चनपुर बेलौरी नगरपालिका–२ घर भई हाल ललितपुर टिकाथली बस्ने ४८ वर्षीय मानबहादुर रिसाल रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनले भने, ‘श्रेष्ठले रोमानिया पठाउने भन्दै रु १० लाख तथा रिसालले चेक रिपब्लिक पठाउने भन्दै रु चार लाख, ५० हजार रकम लिई विदेश नपठाइ सम्पर्कविहीन भएको पीडितहरूको उजुरीका आधारमा आज पक्राउ गरिएको हो।’

पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता आचार्यले बताए।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ११ : ०४ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी