प्राधिकरणमा फर्किएपछि हितेन्द्रले भने- अदालतले न्याय दियो, नयाँ जलविद्युत आयोजना अघि बढाउँछु « Khabarhub

प्राधिकरणमा फर्किएपछि हितेन्द्रले भने- अदालतले न्याय दियो, नयाँ जलविद्युत आयोजना अघि बढाउँछु


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बुधबारबाट जिम्मेवारी सम्हालेका छन् । 

सर्वोच्च अदालतको फैसलाबाट प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनः बहाली भएपछि शाक्य रत्नपार्कस्थित प्राधिकरणको कार्यालय पुगेर जिम्मेवारी सम्हालेका हुन् । 

सो क्रममा कार्यकारी निर्देशक शाक्यले विद्युत् प्राधिकरणले राखेका प्राथमिकताहरू कुनै परिवर्तन नहुने स्पष्ट पारे  ।

केहि ठूला जलविद्युत आयोजनालाई अघि बढाउने सरकारको घोषणालाई छिटो भन्दा छिटो कार्यान्वयन गर्ने उनले बताए ।

शाक्यले अहिलेको चुनौती विद्युत् खपत वृद्धि भएकाले यसका लागि उद्योग व्यवसायीलाई सहजीकरण गर्ने र निजी क्षेत्रले उत्पादन गर्ने विद्युतलाई खपत गर्नका लागि आवश्यक प्रसारण र वितरण गर्ने कामलाई यथाशीघ्र अघि बढाउने जिकिर गरे । 

उनले प्राधिकरणलाई अघि बढाउने आफ्नो सम्पूर्ण अनुभवका साथ काम गर्ने प्रतिबद्धता जनाए। 

त्यस्तै कार्यकारी निर्देशक शाक्यले अदालतले आफूलाई न्याय गरेको भन्दै आभार व्यक्त गरे । 

जेन-जी आन्दोलनपछि बसेको सरकारमा कुलमान घिसिङ ऊर्जामन्त्री नियुक्त भएपछि शाक्यलाई पदबाट हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए । 

त्यसपछि शाक्य उक्त निर्णयकोविरुद्ध अदालत गएका थिए । 

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  २ : ०७ बजे

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो