रणवीर सिंहको ‘धुरन्धर’ बक्स अफिसमा धमाका : ओटीटी अधिकारमा रेकर्ड बिक्री « Khabarhub

रणवीर सिंहको ‘धुरन्धर’ बक्स अफिसमा धमाका : ओटीटी अधिकारमा रेकर्ड बिक्री


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका चर्चित अभिनेता रणवीर सिंह अभिनीत फिल्म ‘धुरन्धर’ बक्स अफिसमा शानदार प्रदर्शन गर्दै छ । 

रिलिजको चौथो दिनमै फिल्मले झण्डै २० करोड भारू कमाइ गर्दै उत्कृष्ट दृढता देखाएको छ। बलिउड हंगामाका अनुसार पाँच दिनमा भारतमा करिब १५० करोड भारू बराबरको कमाइ गरेको छ।

फिल्मको ओटीटी अधिकार पनि महँगो मूल्यमा बिक्री भएको छ। बलिउड हंगामाका अनुसार नेटफ्लिक्सले ‘धुरन्धर’को दुवै भागको स्ट्रिमिङ अधिकार करिब १३० करोड भारूमा किनेको छ, जुन हालको ओटीटी मूल्य घट्ने अवस्थामा पनि ठूलो रकम मानिएको छ। यसअघि रणवीरको ‘८३’ चलचित्रले करिब ३० करोड र ‘रक्की और रानी की प्रेम कहानी’ले अमेजन प्राइमबाट करिब ८० करोडमा डिल पाएको थियो ।

‘धुरन्धर’ को पहिलो भागको सफलता र महँगो ओटीटी बिक्रीले दोस्रो भागप्रति व्यापारिक अपेक्षा अझै बढाएको छ । फिल्म गत शुक्रबारदेखि प्रदर्शनमा आएको आदित्य धर निर्देशित फिल्म नेपालका सिनेमा हलहरूमा समेत देखाइँदैछ ।

फिल्ममा रणवीरसहित अक्षय खन्ना, सञ्जय दत्त, अर्जुन रामपाल, आर माधवन र सारा अर्जुन लगायतका कलाकारहरूले अभिनय गरेका छन् । 

व्यापारिक सफलता, बलियो कास्ट र महँगो ओटीटी डीलले ‘धुरन्धर’लाई यस वर्षको सबैभन्दा चर्चित र सफल बलिउड फिल्मको सूचीमा राखेको छ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  २ : ४३ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।