नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल « Khabarhub

नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले नागरिकको अपेक्षा र आवश्यकताअनुसार काम गर्ने बताएका छन्  । 

प्रदेश योजना आयोगद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘कर्णालीको विकासमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले अन्य प्रदेशको तुलनामा पछाडि रहेको कर्णाली प्रदेशलाई समृद्ध बनाउन पहिलो प्राथमिकता दिएको  जानकारी दिए ।  

उनले भने, ‘नतिजा देखिने गरी  कर्मचारीले कार्यसम्पादन गर्नुपर्छ । सङ्घीयता कार्यान्वयनमा आए पनि प्रशासनिक संरचना र जनशक्ति व्यवस्थापन केन्द्रीकृत नै छ । योजना छनोट प्रक्रियामा विज्ञताभन्दा राजनीतिक पहुँच र दबाब हाबी हुँदा स्रोतसाधन छरिएको र प्रतिफल आउन नसकेको  हो ‘

मुख्यमन्त्री कँडेलले प्राप्त बजेट नै खर्च गर्न नसक्ने अवस्थामा थप स्रोत माग्नुको औचित्य नहुने जनाउँदै खर्च गर्ने क्षमता बढाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  २ : ५७ बजे

बालेनबारे हिक्मत कार्कीको टिप्पणी : राजनीति प्रतिपष्पर्धा हो, प्रतिशोध होइन

झापा- कोशी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमालेका सचिव हिक्मत कार्कीले

कांग्रेसको घोषणापत्रमा सुशासन र विकास प्राथमिकतामा राखिने

काठमाडौं– नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’

‘भिजन–१०’ सहित सुशासन र विकासलाई प्राथमिकता दिएर घोषणा पत्र ल्याउँदै कांग्रेस

काठमाडौं- नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’

आफैं विवादमा परेकी महान्यायाधिवक्ताले युवराज सफललाई पक्राउ गर्न लगाइन्

काठमाडौं- सामाजिक सञ्जालमार्फत तथ्यहीन अभिव्यक्ति र गालीबेइज्जती गरेको आरोप लगाउँदै

स्वास्थ्य बीमाको सही उपयोग गर्न बोर्डको सार्वजनिक अपिल

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमाको सही र जिम्मेवार उपयोग