बुधबार १६९ वटा कम्पनीको सेयर मूल्य घट्यो « Khabarhub

बुधबार १६९ वटा कम्पनीको सेयर मूल्य घट्यो


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०३ अंकले घटेको छ । आज नेप्सेमा ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार रुपैयाँको कारोबार हुँदा नेप्से घटेर २६०९.०३ बिन्दुमा पुगेको हो । 

नेप्सेमा झिनो गिरावट आउँदा आज कारोबार भएका अधिकांश अर्थात् १६९ वटा कम्पनीको सेयर मूल्य गिरावट आयो भने ८० वटा कम्पनीको सेयर मूल्य बढ्यो । तर, आज ९ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आज नेप्सेमा स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा कमाए भने झापा इनर्जी लिमिटेडको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए । 

आज नेप्सेमा झिनो अंकले गिरावट आउँदा म्युचुअल फन्ड बाहेक सबै समूहको उपसूचक भने राताम्य बन्न पुग्यो ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ३ : १६ बजे

सहमति नभए स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन हुन्छ : सचिव अर्याल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव पद्मा अर्यालले पार्टीको

तस्बिरमा हेर्नुहोस्, काठमाडौं र लुम्बिनीको प्रतिस्पर्धा

काठमाडौं– नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार जारी

बर्दिया घटनाबारे गठित छानविन समितिले थाल्यो काम  

काठमाडौं– नागरिकता नपाउँदा बर्दियामा बाबु-छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ धरापमा, १० ओभरमा ६ विकेटको क्षति ५१ रन

काठमाडौं– नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार जारी

सम्पादकसँग ईश्वर पोखरेलको अन्तर्क्रिया (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केपी ओली बाहेक