अमेरिका मोहः डीभी भर्नकै लागि राहदानी लिन एकै दिन झन्डै ३ हजारको आवेदन ! « Khabarhub

अमेरिका मोहः डीभी भर्नकै लागि राहदानी लिन एकै दिन झन्डै ३ हजारको आवेदन !


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राहदानी विभागमा राहदानी बनाउनेको भीड बाक्लो देखिएको छ । सोमबार आवेदन दिनेको संख्या झण्डै ३ हजार पुगको राहदानी विभागले जनाएको छ ।

दैनिक बढीमा ५ सय आवेदन पर्दै आएकोमा केही दिन यता राहदानी बनाउनेको भीड अस्वभाविक रुपमा बढेको छ । दशैंलगत्तै दैनिक हजार जनाले राहदानीका लागि आवेदन दिँदै आएकोमा सोमबार भने झण्डै ३ हजारले आवेदन दिएको विभागले जनाएको छ ।

राहदानी बनाउनेको संख्या बढेपछि परराष्ट्र मन्त्रालयले १० जना कर्मचारी काजमा समेत खटाएको छ । अमेरिकाले सन २०२१ का लागि खुलाएको डीभी लोटरी भर्नका लागि राहदानी अनिवार्य गरिएपछि राहदानी बनाउनेको भीड बढेको हो ।

गत असोज १५ गते खुलेको डीभी कार्यक्रम कात्तिक १९ गते सकिन्छ । विभागमा गत शुक्रबारदेखि राहदानी बनाउनेको भीड बाक्लो बनेको हो ।

डीभी भर्ने समयसीमा नजिकिँदै गएपछि राहदानी बनाउनेको भीड बाक्लो छ। अमेरिकी सरकारले डीभी समयमै भर्न समेत सुझाएको छ । आवेदकहरूलाई आफ्नो आवेदन भर्न दर्ता अवधिको अन्तिम हप्तासम्म नकुर्न अमेरिकी सरकारले विशेष अनुरोध गरेको हो ।

डीभी भर्ने समयसीमा नेपाली समयअनुसार नोभेम्बर ५ ( कार्तिक १९ गते) मंगलबार बेलुका पौने १० बजेसम्म डीभी लोटरी भर्न सकिनेछ ।

यसपटक डीभी लोटरीमा सहभागी हुनका लागि अमेरिकी सरकारले पासपोर्ट अनिवार्य बनाएको छ । डीभी लोटरी फर्म भर्दा पासपोर्ट नम्बर, पासपोर्ट जारी भएको देश, पासपोर्टको अवधि लगायतका विवरणहरु भर्नुपर्नेछ ।

पासपोर्ट पनि म्याद सहितको हुनुपर्नेछ । मुख्य आवेदकका हकमा पासपोर्ट आवश्यक परेपनि परिवारका अन्य सदस्यहरुको विवरण बुझाउँदा भने ती सदस्यहरुको पासपोर्ट नम्बर आवश्यक नपर्ने जनाइएको छ ।

यसपटक डीभी लोटरी भर्नका लागि बंगालादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमेनिक रिपब्लिक, एल साल्भाडोर, ग्वाटेमाला, हैटी, इन्डिया, पाकिस्तान, जमैका, मेक्सिको, नाइजेरिया, फिलिपिन्स, दक्षिण कोरिया, बेलायत र भियतनामका नागरिकहरु योग्य हुनेछैनन् ।

डीभी कार्यक्रममा सहभागी हुनका लागि १२ बर्षको कोर्ससहित हाइस्कुल वा सो सरहको पढाई पूरा गरेको हुनुपर्छ । यदि पढाईको योग्यता छैन भने अमेरिकी सरकारले तोकेका २ बर्षको तालिम वा अनुभव चाहिने जागिरमा विगत ५ बर्षमा २ बर्षको कामको अनुभव भएको हुनुपर्छ ।

अक्टोबर २ देखि नोभेम्बर ५ सम्म भरेको डीभी लोटरीको नतिजा सन् २०२० को मे ५ देखि आउन थाल्ने जनाइएको छ । यदि डीभी लोटरीका लागि छनौट भएमा र सबै योग्यता पूरा गरेमा सन् २०२० को अक्टोबरदेखि अमेरिकाको भिसा पाउन सकिनेछ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ६ : २९ बजे

पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट

पाल्पा- लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको पाल्पाको हार्थोक–बतासे

चितवनमा सोमबारदेखि मौरी सम्मेल हुँदै

चितवन– मौरी, परागसेचन र खाद्य सुरक्षाबीचको अन्तरसम्बन्धबारे अन्तर्राष्ट्रियस्तरमा बहस गर्न

दश बुँदे घोषणापत्र जारी गर्दै सकियो ‘बागलुङ मिडिया मेला’

बागलुङ– नेपाल पत्रकार महासङ्घ बागलुङद्वारा आयोजित ‘बागलुङ मिडिया मेला’ १०

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसान सूचीकरण गर्ने

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाँच महिनापछि किसानलाई पुनः

भलिबलको एउटै टिममा परिचारका चार सदस्य

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–३ फलियागाउँको एउटा भलिबल टिममा एकै घरका