काठमाडौं चौथोमै सीमित, लुम्बिनीले फाइनल खेल्न विराटनगरलाई हराउनुपर्ने « Khabarhub

एनपीएल

काठमाडौं चौथोमै सीमित, लुम्बिनीले फाइनल खेल्न विराटनगरलाई हराउनुपर्ने


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार सम्पन्न एलिमिनेटर भिडन्तमा लुम्बिनी लायन्ससँग हार भोग्दै काठमाडौं गोर्खाजले प्रतियोगिता टुंगाएको छ ।

एलिमिनटरमा पराजयसँगै काठमाडौं यस सिजनमा चौथो बनेको छ । एलिमिनेटर विजेता लुम्बिनीले भने फाइनलमा खेल्ने सम्भावनलाई कायमै राखेको छ ।

फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा लुम्निबीले पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सँग पराजित टोली विराटनगर किङ्ससँग समाना गर्नेछ ।

पहिलो क्वालिफायर जितेर सुदूरपश्चिमले फाइनल स्थान सुरक्षित गरेको छ । दोस्रो क्वालिफायरका प्रतिस्पर्धी विराटनगर र लुम्बिनीमध्ये विजेताले फाइनलमा सुदूरपश्चिमसँग उपाधिका लागि खेल्नेछ ।

दोस्रो क्वालिफायरमा हार्ने टोली प्रतियोगिताको तेस्रो बन्दै यो सिजनको यात्रा सक्न बाध्य हुनेछ ।

इलिमिनेटरमा खेलमा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौंसँग टस हारेर ११२ रनको सामान्य लक्ष्य पछ्याउँदै लुम्बिनी जवाफी ब्याटिङमा उत्रिएको थियो ।

काठमाडौंले दिएको लक्ष्य लुम्बिनी लायन्सले १७ ओभर ४ बलमा ६ विकेटको क्षतिमा पूरा गरेको हो । लुम्बिनीले ठीक ११२ रन बनायो ।

काठमाडौंको फितलो ब्याटिङ नै हारको मुख्य कारण बन्न पुगेको छ।

९ ओभरको पाँचौ बलमा ६ विकेटको क्षतिमा ५१ रनको दयनीय अवस्थामा सन्तोष यादव ब्याटिङमा आएका थिए । उनी काठमाडौंबाट सर्वाधिक २३ रन जोडेर रन आउट भए ।

सातौं विकेटक लागि साझेदारी गर्न क्रिजमा गएका मोहम्मद अदिल अलामले १८ रन जोडे । जोन सिम्पसनले १८ रन र भीम सार्कीले १४ रन जाडे ।

काठमाडौंका दुई ओपनरसहित सुरुवाती क्रममा ब्याटिङमा गएका चार खेलाडी दोहोरो रन नबनाउँदै आउट भए । ओपनर बेन चाल्सवर्थ ५, ओपर आकाश त्रिपाठी १, सन्नी पटेल ७ र मिलिन्द कुमार २ रन जोडेर आउट भए । काठमाडौंका कप्तान करण केसीले ९ रन जोडे ।

बलिङतर्फ लुम्बिनीका शेर मल्ल, कप्तान रोहित पौडेलले समान ३–३ विकेट लिए । मल्लले ओपनर आकाश त्रिपाठी र मिलिन्दा कुमारको महत्त्वपूर्ण विकेट लिए । रोहितले भीम सार्कीको महत्त्वपूर्ण विकेट लिए ।

रुवने ट्रम्पेलम्यानले ओपनर बेल चाल्सवर्थ र सन्नी पटेलको महत्त्वपूर्ण विकेट लिए । अभिषेक गौतमले १ विकेट लिए ।

सहज लक्ष्य पाएर दबाबरहित जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीबाट सर्वाधिक ३३ रन ओपनर डीआर्सी सर्टले जोडे ।

ओपनर दिनेश अधिकारी ५ बलमा ४ रन जोडेर आउट भए । कप्तान रोहित पौडेल २५ बलमा १८ रन जोडेर पवेलियन फर्किए । सन्दीप जोराले २३ बल सामना गर्दा २३ रन नै जोडे ।

निरोशन डिकवेला १४, दीलिप नाथले ७ र रुवेन ट्रम्पेलम्यानले ५ रन जोड्दा जित लुम्बिनीको पक्षमा आयो ।

बलिङतर्फ काठमाडौंबाट सन्तोष यादवले २ विकेट लिए । सन्नी पटेल, करण केसी, सहाब अमाल र रसिद खानले सामान १–१ विकेट लिए ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ७ : ११ बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको