निर्वाचन आयोगद्वारा सशस्त्रको गुल्म सम्मानित « Khabarhub

निर्वाचन आयोगद्वारा सशस्त्रको गुल्म सम्मानित


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत भदौ २३ र २४ को जेनजी प्रदर्शनमा निर्वाचन आयोग जोगाउन सफल सशस्त्र प्रहरी बल, नेपाल नं २४ बाघभैरव गुल्म काठमाडौँलाई आयोगले सम्मान गरेको छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मङ्सिर २४ गते तत्कालीन सशस्त्र प्रहरी बल, नेपाल नं २४ बाघभैरव गुल्म तथा गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुरेश कोइरालालाई सम्मान गरेका हुन् ।

गत भदौ २४ गते काठमाडौँ महानगरपालिका–२७ कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा तोडफोड र आगजनीको प्रयास भएपछि तत्कालीन गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुरेश कोइरालाको कमाण्डमा खटिएको टोलीले प्रदर्शनकारीलाई अगाडि बढ्न नदिइ मुख्य गेटमै रोकी सम्झाइबुझाइ गरेको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाले जानकारी दिए ।

त्यति गर्दासमेत भीड थप आक्रोशित भएपश्चात् उक्त टोलीले सामान्य बल प्रयोग गरी भीडलाई तितरवितर पारेर उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिइ आयोगलाई क्षति हुनबाट जोगाएको थियो ।

निर्वाचन आयोग परिसरमा रहेको र हालै गणमा स्तरोन्नति भएको सशस्त्र प्रहरी बल, नेपाल नं १८ बाघभैरव गणले फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई मध्यनजर गर्दै निर्वाचनसम्बन्धी दल दर्ता, दल दर्ता प्रमाणपत्र वितरणलगायत विभिन्न गतिविधि एवं आयोग परिसरको निरन्तर रूपमा सुरक्षा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ७ : ५१ बजे

स्वास्थ्य बीमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

पर्वत- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बीमालाई प्रभावकारी

हातमा आफ्नो अनुहारको ट्याटु खोप्ने डाइहार्ट फ्यानलाई गायिका रचनाले के भनिन् ?

काठमाडौं – एक जना डाइहार्ट फ्यानले आफ्नो हातमा गायिका रचना

मोरङ–१ का रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेले थाले घरदैलो अभियान

मोरङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मोरङ क्षेत्र नम्बर

ठगीको अभियोगमा चार जना पक्राउ

काठमाडौं- प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

मधेशबारे अब काठमाडौंमा फरक बहस हुन्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशबाट निर्वाचन लड्ने निर्णय