उम्मेदवार सिफारिसमा कांग्रेसको कडाइ : मापदण्डविपरीत संख्या नतोक्न निर्देशन « Khabarhub

उम्मेदवार सिफारिसमा कांग्रेसको कडाइ : मापदण्डविपरीत संख्या नतोक्न निर्देशन


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिसमा कडाइ गरेको छ । तोकिएको मापदण्ड र संख्याका आधारमा मात्र उम्मेदवार सिफारिस गर्न केन्द्रीय कार्यालयले निर्देशन दिएको हो ।

केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सार्वजनिक गरेको परिपत्रमा मापदण्ड र तोकिएको संख्यामा उम्मेदवारको सिफारिस गर्न निर्देशन दिइएको छ ।

परिपत्रमा भनिएको छ, ‘तोकिएको मापदण्ड र तोकिएको संख्यामा पार्टीको परिपत्र र नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) उम्मेदवारको सिफारिस गर्नुहुन पुनः गम्भीर ध्यानाकर्षण गराइन्छ ।’

कांग्रेसले यसअघि परिपत्र गर्दै उम्मेदवार सिफारिसको मापदण्ड तोकेको थियो । कांग्रेसले मापदण्ड कार्यान्वयनका लागि मुख्य सचिवमार्फत् पुनः निर्देशन दिएको हो । यसअघि कांग्रेसले मंसिर १५ र १७ गते परिपत्र गरेको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  १० : ३२ बजे

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू

‘सरकारको कार्यशैलीमा प्रश्न गर्न सत्तापक्षका सांसदलाई कुनै रोकतोक छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले वरिष्ठ नेता वालेन्द्र