लहान नगरपालिकालाई कम्प्युटर, प्रिन्टर र स्मार्ट बोर्ड हस्तान्तरण « Khabarhub

लहान नगरपालिकालाई कम्प्युटर, प्रिन्टर र स्मार्ट बोर्ड हस्तान्तरण


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सिरहा– अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेल्भेटासले लहान नगरपालिकालाई पाँच थान कम्प्युटर, पाँच थान प्रिन्टर तथा एक थान स्मार्ट बोर्ड प्रदान गरेको छ ।

सिलिड्स परियोजनामार्फत हेल्भेटासले बुधबार आयोजित कार्यक्रममा सामग्री हस्तान्तरण गरेको हो । हेल्भेटासका स्थानीय प्रतिनिधि श्रद्धा श्रेष्ठले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झालाई ती सामग्री हस्तान्तरण गरे ।

यसअघि स्वास्थ्य क्षेत्रमा कार्यरत संस्था आसमान नेपालले नगरपालिकालाई कम्प्युटर, प्रिन्टर, दराज, टेबल, पङ्खा प्रदान गरेको थियो । निजी तथा आवासीय विद्यालयहरूको संस्था (प्याब्सन) सिरहा, कार्नीभल सिनेमा हललगायत स्थानीय सङ्घसंस्थाले पनि डेस्कटप कम्प्युटर, ल्यापटप, प्रिन्टर र फर्निचर उपलब्ध गराएका थिए ।

जेनजी आन्दोलनका क्रममा नगर कार्यपालिका भवनका साथै उपकरणमा क्षति भएको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ११ : ०६ बजे

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी

फागुन २१ को सन्देश- देश बनाउने र जलाउनेबीचको जनमतसंग्रह

आगामी फागुन २१ मा हुने निर्वाचनमा केवल प्रतिस्पर्धी दलका रूपमा

गैँडाको आक्रमणबाट एक युवकको मृत्यु

चितवन– गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । माडी

काठमाडौं महानगरले टुँडिखेलको दक्षिण चउरमा ‘बरमुढा ग्रास’ रोप्दै

काठमाडौं– काठमाडौं महानगरपालिकाले सैनिक मञ्चबाट दक्षिणतर्फको चउरलाई सर्वसाधारणको प्रयोग सहज

ओखलढुंगामा दम्पतीको विभत्स हत्या : राज्यको सुरक्षामाथि खतिवडाले उठाए प्रश्न

काठमाडौं – ओखलढुंगामा गएराति दम्पतीको विभत्स हत्या भएको घटना सार्वजनिक