महाराष्ट्र र हरियाणामा विधानसभा चुनाव– बिजेपीले बाजी मार्ने ‘एक्जिट पोल’ « Khabarhub

महाराष्ट्र र हरियाणामा विधानसभा चुनाव– बिजेपीले बाजी मार्ने ‘एक्जिट पोल’


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको महाराष्ट्र र हरियाणामा सम्पन्न विधानसभा चुनाव को ‘एक्जिट पोल’ हरुमा भारतीय जनता पार्टी अगाडि देखिएको छ ।

हिजो सम्पन्न निर्वाचनामा महाराष्ट्रको २८८ र हरियाणाको ९० विधानसभा सीटमा मतदान भएको थियो ।

मतदान सकिएपछि विभिन्न संस्थाहरुले सार्वजनिक गरेको ‘एक्जिट पोल’ सार्वजनिक भएका छन् ।

महाराष्ट्रमा बीजेपीले १०९ देखि १२४ सीट ल्याउने पूर्वानुमानहरु सार्वजनिक भएका छन् भने शिवसेनाले ५७ देखि ६० सीट ल्याउने पूर्वानुमान गरिएको छ ।

अर्को तर्फ कांग्रेस र उसको सहयोगी एनसीपीले ७२ देखि ९० सीट पाउने र अन्यले २२ देखि ३४ सीट पाउने अनुमान गरिएको छ ।

त्यस्तै हरियाणामा पनि बीजेपीले ९० मध्ये ७१ सीटमा जित पाउने र कांग्रेसले ११ र अन्य दलले ८ सीट पाउने अनुमानहरु सार्वजनिक भएको छ ।

चुनावको नतिजा विहीवारसम्म आउने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

२८८ सीट भएको महाराष्ट्रको विधानसभा चुनावमा बीजेपी र शिवसेना मिलेर चुनाव लडेका छन् ।

बिजेपीले १५० सीट र शिवसेनाले १२३ सीटमा चुनावी प्रतिस्पर्धा गरेका छन् । बाँकी १४ सीटमा गठवन्धनका अन्य दललाई मौका दिइएको छ ।
यहाँ बीजेपी शिवसेनाको सीधा प्रतिपर्धा कांग्रेस एनसीपी गठवन्धबीच हुने छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ८ : १७ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा