लुम्बिनीका दुवै ओपनर र कप्तान विराटनगरका सुवासको बलको शिकार « Khabarhub

लुम्बिनीका दुवै ओपनर र कप्तान विराटनगरका सुवासको बलको शिकार


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को दोस्रो बिहीबार जारी दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सका सुरुवाती ३ ब्याटर विराटनगरका सुवास भण्डारीको बलको शिकार भएका छन् । 

सुवासले तेस्रो विकेटका रुपमा डी आर्सी सर्टलाई आउट गराएका हुन् । सर्टले ४१ बलमा ३ चौका १ छक्काको सहयोगमा ४५ रन बनाए । सुवाले उनलाई मार्टिन गुप्टिलमार्फत् क्याच गराए । 

विराटनगरले ९ ओभर २ बलको लामो संघर्षपछि लुम्बिनी लायन्सको दोस्रो विकेट लिएको थियो । 

सुवासले नै दोस्रो विकेटका रुपमा कप्तान रोहित पौडेललाई आउट गराएका हुन् । 

११ ओभरको दोस्रो बलमा आउट भएका रोहितले ३४ रन जोडे । उनले ३० बल सामान गर्दा २ चौका र २ छक्का प्रहार गरे ।

पहिलो विकेटकाका रुपमा दोस्रो ओभरको अन्तिम बलमा ओपनर दिनेश अधिकारी आउट भएका थिए । 

५ बल सामना गरेर १ रन बनाएको अवस्थामा उनी विराटनगरका सुवासकै बलमा साम हिजलेटमार्फत् क्याट आउट भए । 

खेलमा १४ ओभरको पाँचौ बलमा पुग्दा लुम्बिनी ४ विकेटको क्षतिमा ९७ रनको अवस्थामा छ । 

चौथो विकेटका रुपमा कप्तान सन्दीप लामिछाने सन्दीप जोराको विकेट लिएका हुन् । जोरा २ बल सामना गर्दा सन्दीपको बलमा मर्चेन्ट डी ल्याङ्गेमार्फत् क्याच आउट भए ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा विराटनगरले टस जिते र लुम्बिनीलाई पहिलो ब्याटिङको निम्तो दिएको हो ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ५ : ०६ बजे

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३