फाइनल खेल्न लुम्बिनीले विराटनगरलाई दियो १३५ रनको लक्ष्य « Khabarhub

फाइनल खेल्न लुम्बिनीले विराटनगरलाई दियो १३५ रनको लक्ष्य


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को दोस्रो बिहीबार जारी दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगरलाई १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रन बनाएको हो ।

यो लक्ष्य पूरा गरे विराटनगरले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्न पाउनेछ ।

यस खेलमा ११ ओभरपछि लगालग विकेट गुमाएपछि लुम्बिनीले मध्यम लक्ष्य प्रस्तुत गर्ने अवस्थामा पुगेको हो ।

दोस्रो ओभरको अन्तिम बललमा लुम्बिनीले पहिलो विकेटका रुपमा दिनेश अधिकारीलाई सस्तैमा गुमायो । उनले ५ बल सामना गर्दा १ रन मात्रै जोडे । 

विराटनगरलाई लुम्बिनीको दोस्रो विकेट लिन ९ ओभर २ बलको लामो संघर्ष गर्नुपर्‍यो । दोस्रो विकेटका लागि ओपनर डी आर्सी सर्ट र कप्तान रोहितले ८२ रनको बलियो साझेदारी गरे । 

११ ओभरमको दोस्रो बलमा यी दुईको साझेदारी भंग भयो । दोस्रो विकेटका रुपमा आउट भएका रोहितले ३० बलमा २ चौका र २ छक्कासहित ३४ रन जोडे ।

११ ओभरपछि लुम्बिनीले ब्याटिङमा लय गुमायो । १३ ओभरको पाँचौ बलमा ओपनर डी आर्सी सर्ट आउट भए । उनले ४१ बलमा ३ चौका र १ छक्का प्रहार गरी ४५ रन जोडे ।

१४ ओभरका दौरान विराटनगरका प्रतिस जीसीले २ विकेट लिए । उनले सन्दीप जोरा र जेजे स्मितलाई रनको खाता पनि खोल्न दिएनन् । दुवैले समान २–२ बल सामना गरे ।

१५ ओभरको अन्तिम बलमा दिलीप नाथ आउट भए । २ बल सामना गरेर उनले १ रन जोडे ।

११ ओभरको तेस्रो बल सामना गर्न क्रिजमा गएका निरोशन डिकवेला लुम्बिनीबाट तेस्रो सर्वाधिक २९ रन जोडे । ११ ओभरको दोस्रो बलदेखि १७ ओभरको पाँचौ बलसम्मा लुम्बिनीको ब्याटिङ उनको भरमा रह्यो । २२ बल समाना गरे उनले ४ चौकासमेत हिर्काए ।

त्यसपछि लुम्बिनीको ब्याटिङ थप लय गुमायो । रुबेन ट्रम्पेलम्यानले ११ रन बनाउँदा अरुले दोहोरो अंकको रन बनाउन सकेनन् ।

विराटनगर सुवास भण्डारीले उत्कृष्ट बलिङ गरे । उनले नै लुम्बिनीका ओपनरद्वय डी आर्सी सर्ट, दिनेश अधिकारी र कप्तान रोहित पौडेललाई महत्त्वपूर्ण विकेट लिए । ४ ओभर बलिङ गरेका उनले मात्रै १४ रन दिए । 

टिमबाट कफियाती बलिङ गर्ने उनी हुन् । उनले जारी सिजनमा पहिलो पटक बलिङ गरेका हुन् । 

प्रतीस जीसीले ४ ओभर बलिङ गर्दा ३ विकेट लिएर २७ रन दिए ।

कप्तान सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दा २ विकेट लिदै १८ रन दिए । 

उनले लुम्बिनीबाट तेस्रो सर्वाधिक रन बनाउने रुबेन ट्रम्पेलम्यानलाई आउट गराए ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ५ : ३३ बजे

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास

अमेरिकासँग पूर्ण अविश्वासका साथ वार्तामा बस्छौँ : विदेशमन्त्री अराघची

काठमाडौं- इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले पूर्ण अविश्वासका साथ आफूहरुले

सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीयताको कार्यान्वयन चुनौतीपूर्ण