चितवनमा तीन महिनामा सवारी दुर्घटनामा परी ३३ जनाको मृत्यु | Khabarhub Khabarhub

चितवनमा तीन महिनामा सवारी दुर्घटनामा परी ३३ जनाको मृत्यु


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन जिल्लामा साउनयता तीनमहिनामा भएका सवारी दुर्घटनामा परी ३३ को मृत्यु भएको छ । सो समयमा ८१ दुर्घटना भएका थिए । दुर्घटनामा परी १८० घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार जिल्लाका भित्री सडकमा दुर्घटना बढी हुने गरेका छन् ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार भित्री सडमा तीन महीनामा २४ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी १० को मृत्यु भएको छ भने ३४ घाइते भएका छन् ।

यस्तै पूर्वपश्चिम लोकमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा १८/१८ पृथ्वी राजमार्गमा ११ र भरतपुर महानगरपालिकामा १० सवारी दुर्घटना भएका कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा जिल्लामा ८५ दुर्घटना भएका थिए । ती दुर्घटनामा परी ४९ ले ज्यान गुमाएका थिए भने २३१ घाइते भएका थिए ।

प्रमुख गिरीका अनुसार अहिले भएका सवारी दुर्घटनामा मोटरसाइकल बढी छन् । रातको समयमा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउँदा बढी सङ्ख्यामा दुर्घटना हुने गरेको उनको भनाइ छ ।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले जाँचलाई कडाइ गरेको जनाएको छ । जाँचका क्रममा क्षमताभन्दा बढी यात्रु राख्ने, सवारी चालक अनुमतिपत्र नलिइ साधन चलाउने गरेको पाइएको उनको भनाइ छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ९ : १२ बजे

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

गोरखा– सिरानचोक गाउँपालिका-६ खैरेनीबन बस्ने ७२ वर्षीय गर्बे गुरुङको घरमा विद्युत्

कांग्रेस कैलालीद्वारा देउवा दम्पतीमाथि भएको आक्रमणको निन्दा

धनगढी– नेपाली कांग्रेस कैलालीले पूर्वप्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा र

मेयरको घर र महानगर कार्यालय जलाउनेमा रास्वपाका दुई सभापति, दुवैजना निलम्बनमा परे

कास्की- पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घरमा आगजनी र तोडफोडमा

फागुन २१ को निर्वाचनमा भाग लिने कांग्रेसको संकेत

काठमाडौं– भ्रष्टाचार र सरकारी बेथितिविरूद्ध जेन–जी पुस्ता सडकमा उत्रिएपछि उत्पन्न

मधेशी आयोगका सदस्य गुप्ताले दिए राजीनामा

काठमाडौं– मधेशी आयोगका सदस्य विजयकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्