बालबालिकाको सुरक्षा सुनिश्चित गर्न पर्याप्त स्रोतको आवश्यकता : युनिसेफ « Khabarhub

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न पर्याप्त स्रोतको आवश्यकता : युनिसेफ


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

संयुक्त राष्ट्रसङ्घ – संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)ले सन् २०२६ मा विश्वका १३३ देशका सात करोड ३० लाख बालबालिकालाई सहयोग पु¥याउन सात अर्ब ६६ करोड डलर आवश्यक पर्ने जनाएको छ ।

संयुक्त राष्ट्र महासचिवका उपप्रवक्ता फरहान हकका अनुसार, विश्वभरमा बजेट कटौती बढ्दै जाँदा आधारभूत सेवाहरू कमजोर बनेका छन्, जसले बालबालिकाको आवश्यकता झन् बढाएको छ । दातृ मुलुकहरूबाट कम हुँदै गएको सहयोगले युनेसेफका कार्यक्रमहरू प्रभावित बनेका छन्, र सन् २०२४ तथा सन् २०२५ मा देखिएको स्रोत अभावले संस्थालाई कठिन निर्णय लिन बाध्य पारेको छ ।

उनका अनुसार पोषण कार्यक्रममै सन् २०२५ का लागि देखिएको ७२ प्रतिशत स्रोत कमीका कारण २० प्राथमिक देशमा कटौती गर्नुपरेको छ । त्यस्तै, शिक्षाका क्षेत्रमा सात करोड ४५ लाख डलर बराबरको कमीले धेरै बालबालिका सिकाइ, संरक्षण र स्थिरताको जोखिममा परेका छन् ।

फरहान हकले सरकार र दातृ संस्थाहरूलाई दीर्घकालीन र लचिलो आर्थिक सहयोग उपलब्ध गराउन, स्थानीय निकायसँग सहकार्य विस्तार गर्न तथा मानवीय सिद्धान्तलाई प्राथमिकतामा राख्न अनुरोध गरे । युनिसेफका अनुसार सहयोग आवश्यक परेकामध्ये तीन करोड ७० लाख बालिका छन्, र ९ लाखभन्दा बढी अपाङ्गता भएका बालबालिका रहेका छन् ।

युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रस्सेलले द्वन्द्व, विपत्ति, विस्थापन र आर्थिक अस्थिरताले बालबालिका असाधारण कठिनाइमा परेको बताउँदै, हिंसा, भोकमरी, जलवायु संकट तथा अत्यावश्यक सेवाको पतनले उनीहरूको जीवन गम्भीर असरमा परेको उल्लेख गरे।

उनका अनुसार हाल देखिएको विश्वव्यापी वित्तीय अभावले मानवीय आवश्यकता घटेको होइन, बरु पीडा र उपलब्ध स्रोतबीचको अन्तर अझै बढ्दै गएको सङ्केत गर्दछ । युनिसेफका अनुसार सन् २०२६ मा २० करोडभन्दा बढी बालबालिकालाई सहायता आवश्यक पर्नेछ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ८ : ५७ बजे

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु