आईबीए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य « Khabarhub

आईबीए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुबईमा जारी आईबीए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा नेपाली बक्सर चन्द्रबहादुर थापा मगरले काँस्य पदक जित्दै इतिहास रचेका छन् ।

सेमिफाइनलमा  उनी काजकस्तानका खेलाडीसँग ५–० ले पराजित भए । पुरस्कारवापत बक्सर थापाले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । 

चन्द्रले राउन्ड ३२ मा इन्डोनेसियाका बस्तर माशिहोर योगुने होलीलाई ५–० अङ्कले, राउन्ड १६ मा आर्मेनियाका येगोरियन डेभिटलाई ५–० अङ्कले र राउन्ड ८ (क्वार्टर फाइनल) मा इरानका काजेमी मेहदीलाई ५–० अङ्कले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका थिए तर सेमिफाइनलमा  काजकस्तानका खेलाडी बिबोसिनोभ साकेनसँग ५–० अङ्कमा पराजित हुँदै  कास्य पदक जितेका हुन् । 

प्रशिक्षक दीपक महर्जनले ऐतिहासिक उपलब्धि हासिल गरेकोमा खुसी व्यक्त गरे।

उनले भने, ‘जापानमा हुने २० औँ एसियाली खेललाई लक्षित गर्दै यो प्रतियोगितामा सहभागी भएका हौँ । ऐतिहासिक उपलब्धि हासिल भएको छ । खुसी छौँ, मलाई लक्ष्य २०२६ का लागि योग्य ठानेर प्रशिक्षक बनाउने विश्वास गर्ने राखेप परिवारलगायत सबैलाई  धन्यवाद ।’
 

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ९ : २५ बजे

पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

गण्डकी– आगामी असोजदेखि सुरु हुने पोखरा–दुबई सिधा हवाई उडानलाई दिगो

वीरगञ्ज चिनी मिल झाडीले ढाक्यो, औजारमा खिया लाग्यो (तस्बिरहरू)

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले पछिल्लो समय लामो समयदेखि बन्द

हाइटीमा गिरोहको आक्रमण, ४७ जनाको मृत्यु

एजेन्सी– हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सको दक्षिणपूर्वी पहाडी नगरपालिका केन्स्कोफमा सशस्त्र गिरोहले गरेको

घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले घरेलु श्रमिकलाई सुरक्षित,

बालेनबारे सुदनको कटाक्ष : जनताले देशको चाबी दिए, ड्राइभर एम्बुलेन्सको परेछ

काठमाडौं- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख