कांग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने « Khabarhub

कांग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेस चितवनले तत्कालीन संविधानसभा निर्वाचनपश्चात् समानुपातिकमा नाम समावेश भएकाहरूलाई यस पटक समानुपातिकमा सिफारिस नगर्ने भएको छ । पार्टीको बिहीबार बसेको बैठकले विधि बनाएर सिफारिस गरेको हो ।
 
जिल्ला सभापति राजेश्वर खनालका अनुसार आगामी माघ ११ गते हुने राष्ट्रियसभा र फागुन २१ गते हुने प्रत्यक्ष तथा समानुपातिक निर्वाचनका लागि विधि तय गरी सिफारिस गरिएको हो। 

दोस्रो संविधानसभा निर्वाचन विसं २०७० पश्चात् प्रत्यक्षबाहेक अन्य प्रणालीबाट सङ्घ तथा प्रदेशमा जिल्लाभित्र क्रियाशील सदस्यता लिई सफलता प्राप्त गरेकाको हकमा यस पटक प्रत्यक्ष निर्वाचनमा मात्रै सिफारिस गरिएको उनले बताए ।
 
यसबाट पार्टीका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठ, केन्द्रीय सदस्य शान्ति परियार, बागमती प्रदेशका पूर्वमन्त्री मिलनबाबु श्रेष्ठलगायतले यस पटक प्रत्यक्षबाहेकमा सिफारिस नहुने भएका छन् । तीनवटै क्षेत्रबाट आएका नामलाई जिल्लाले बनाएको यही विधिअनुसार राय लेखेर केन्द्रमा पठाइने सभापति खनालले बताए।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  १० : ४६ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।