एमाले पोलिट्ब्युरो सदस्य रानाले राजनीतिबाट बिदा लिए  « Khabarhub

एमाले पोलिट्ब्युरो सदस्य रानाले राजनीतिबाट बिदा लिए 


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका पोलिटब्युरो सदस्य दल बहादुर रानाले सक्रिय राजनीतिकबाट बिदा लिएको घोषणा गरेका छन् । शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै रानाले एमालेको राजनीतिक जीवनबाट बिदा लिएको घोषणा गरेका हुन् ।

दुईपटक प्रतिनिधिसभा सदस्य र एकपटक संविधानसभा सदस्य हुँदा उनी पाल्पाबाट उनी प्रत्यक्षतर्फ निर्वाचित भएका थिए। भूमिसुधार तथा ब्यवस्था मन्त्रीको जिम्मेवारी समेत निर्वाह गरेका उनले पारिवारिक कारणले सक्रिय राजनीति छाडेको बताएका छन् । 

‘मेरो पारिवारिक समस्याको प्रमुख कारणले गर्दा पार्टीको जिम्मेवारीमा रहेर सक्रियतापूर्वक काम गर्न सक्ने अवस्था नभएकोले काठमडौंमा हुने एघारौँ राष्ट्रिय महाधिवेशनदेखि पार्टीको सक्रिय राजनीतिक यात्राबाट विश्राम लिने निर्णयमा पुगेको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छु’, उनले भनेका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  १२ : १७ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।