सुशीला कार्कीले चार मन्त्री थप्दै, भूमिमन्त्री सिन्हालाई पर्यटनमन्त्री बनाइने « Khabarhub

सुशीला कार्कीले चार मन्त्री थप्दै, भूमिमन्त्री सिन्हालाई पर्यटनमन्त्री बनाइने


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुशीला कार्की नेतृत्वको सरकारले आज चारजना मन्त्री थप्ने भएको छ। प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार आज ४ जना मन्त्री नियुक्त गरिने भएको हो।

 जसअनुसार कुमार इङनामलाई भूमिमन्त्री, माधव चम्लागाईंलाई वन तथा वातावरण मन्त्रालय, राजेन्द्र सिंह भण्डारीलाई श्रम तथा संस्कृति मन्त्रालय र श्रद्धा श्रेष्ठलाई महिला तथा बालबालिका मन्त्रालयमा नियुक्त गरिने तयारी गरिएको बताइएको छ ।

राष्ट्रपति कार्यालयका एक कर्मचारीको अनुसार उनीहरूलाई शपथ खुवाउनका लागि राष्ट्रपति कार्यालयमा पत्र पुगिसकेको छ। 

यसअगाडि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हाको मन्त्रालय फेरिएर उनीलाई अर्को मन्त्रालयमा सरुवा गरिने तयारी गरिएको छ। 

स्रोतले दिएको जानकारी अनुसार उनलाई पर्यटन मन्त्रालय दिने सम्भावना छ। यसबारेमा जानकारी राष्ट्रपति कार्यालय समक्ष पुगिसकेको स्रोतको दाबी छ।

केही समय पछाडि राष्ट्रपति कार्यालयले पत्र जारी गर्न लागेको कार्यालयका अर्का सचिवको भनाइ छ । प्रधानमन्त्री कार्कीको सरकारमा अहिले १० जना मन्त्रीहरू छन्। अब चारजना थपिएपछि १४ जनाको मन्त्रिपरिषद् बन्नेछ। 

सुरुमा १० जना मात्रै मन्त्री बनाउने अठोट लिएकी कार्कीले काम गर्न समस्या भएपछि चारजना मन्त्री थप्न लागेको बताइएको छ । यस अगाडिको सरकारमा तीन राज्यमन्त्रीसहित २५ जनाको मन्त्रिमण्डल विस्तार गरिने गरिएको थियो।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  १२ : ३८ बजे

चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्र मनोरञ्जनको

नेकपा नेतालाई प्रचण्डको सुझाव- प्रतिक्रियावादीलाई फाइदा पुग्छ, निराशाको खेती नगर्नुस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीलाई फाइदा

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै एकजना पक्राउ

काठमाडौं– सर्लाहीको बरहथवा नगरपालिका-३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज अपराह्न साढे ४ बजे बस्ने

एसईई र कक्षा १२ को नजिता समयमै सार्वजनिक गर्नु सुशासनको महत्त्वपूर्ण कदम : शिक्षामन्त्री 

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसईई र कक्षा १२