इजरायलमा चीनको इलेक्ट्रिक र हाइब्रिड कारको लोकप्रियता बढ्दै « Khabarhub

इजरायलमा चीनको इलेक्ट्रिक र हाइब्रिड कारको लोकप्रियता बढ्दै


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

जेरुसलेम– चीनको गाडी निर्माता ‘जीली अटो’ले बिहीबार इजरायलमा आफ्नो पहिलो हाइब्रिड इन्धन कार सार्वजनिक गरेको छ । 

यसबारे जीलीको आधिकारिक आयातकर्ता ‘जियो मोबिलिटी’ ले जानकारी दिएको छ ।

नयाँ मोडल जीली स्ट्रारी ईएम–आइ (चीनमा जीली ग्यालेक्सी स्टारशिप ७) प्लग–इन हाइब्रिड इन्धन कार हो । यसमा पेट्रोल इन्जिन र इलेक्ट्रिक मोटर दुवै छन् । 

इलेक्ट्रिक मात्र चलाउँदा कारले ८३ किलोमिटर यात्रा गर्न सक्छ भने दुवै इन्धन प्रयोग गर्दा ९४३ किलोमिटर सम्म यात्रा गर्न सकिन्छ ।

यो कार शून्यदेखि १०० किलोमिटर प्रतिघण्टा गति ८ सेकेन्डमा पुर्‍याउन सक्छ र अधिकतम गति १७० किलोमिटर प्रतिघण्टा छ ।

जीली अटोले सन् २०२१ को अन्त्यमा इजरायल बजारमा प्रवेश गरेको थियो । जीलीको ब्रान्ड जिक्रका तीन इलेक्ट्रिक गाडी पनि इजरायलमा बिक्री हुँदै आएका छन् ।

यस वर्षको पहिलो ११ महिनामा चीनले बनाएका गाडीहरूले इजरायलमा सबैभन्दा बढी बिक्री गरेको देखिएको छ । 

यसमा पेट्रोल, हाइब्रिड इन्धन र पूर्ण इलेक्ट्रिक गाडीहरू मिलाएर ९६ हजार २०८ गाडीहरू बिक्री भएका छन् । रासस
 

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  २ : ११ बजे

नेप्से परिसूचक ९.२४ अङ्कले ओरालो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज नौ

विपक्षीको अवरोधलाई जगदीशले तमासा भनेपछि संसद्‍मा तनाव, आशनबाट झम्टिन पुगे कांग्रेस सांसद केरुङ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले विपक्षी दलहरूले संसद्मा

अब आउने बजेटले टार्ला त स्वास्थ्य बीमाको संकट ?

काठमाडौं- संघीय सरकारले हरेक वर्षको जेठ १५ गते आगामी आर्थिक

असिना पानीले मकै, फलफूल तथा तरकारी बालीमा क्षति

गण्डकी– सोमबार आएको हावाहुरीसहितको असिना पानीका कारण पोखराका विभिन्न स्थानमा

विदेश पठाइदिने भन्दै करोडौँ ठगी गरेको अभियोगमा सातजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै सर्वसाधारणबाट