इजरायलमा चीनको इलेक्ट्रिक र हाइब्रिड कारको लोकप्रियता बढ्दै « Khabarhub

इजरायलमा चीनको इलेक्ट्रिक र हाइब्रिड कारको लोकप्रियता बढ्दै


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

जेरुसलेम– चीनको गाडी निर्माता ‘जीली अटो’ले बिहीबार इजरायलमा आफ्नो पहिलो हाइब्रिड इन्धन कार सार्वजनिक गरेको छ । 

यसबारे जीलीको आधिकारिक आयातकर्ता ‘जियो मोबिलिटी’ ले जानकारी दिएको छ ।

नयाँ मोडल जीली स्ट्रारी ईएम–आइ (चीनमा जीली ग्यालेक्सी स्टारशिप ७) प्लग–इन हाइब्रिड इन्धन कार हो । यसमा पेट्रोल इन्जिन र इलेक्ट्रिक मोटर दुवै छन् । 

इलेक्ट्रिक मात्र चलाउँदा कारले ८३ किलोमिटर यात्रा गर्न सक्छ भने दुवै इन्धन प्रयोग गर्दा ९४३ किलोमिटर सम्म यात्रा गर्न सकिन्छ ।

यो कार शून्यदेखि १०० किलोमिटर प्रतिघण्टा गति ८ सेकेन्डमा पुर्‍याउन सक्छ र अधिकतम गति १७० किलोमिटर प्रतिघण्टा छ ।

जीली अटोले सन् २०२१ को अन्त्यमा इजरायल बजारमा प्रवेश गरेको थियो । जीलीको ब्रान्ड जिक्रका तीन इलेक्ट्रिक गाडी पनि इजरायलमा बिक्री हुँदै आएका छन् ।

यस वर्षको पहिलो ११ महिनामा चीनले बनाएका गाडीहरूले इजरायलमा सबैभन्दा बढी बिक्री गरेको देखिएको छ । 

यसमा पेट्रोल, हाइब्रिड इन्धन र पूर्ण इलेक्ट्रिक गाडीहरू मिलाएर ९६ हजार २०८ गाडीहरू बिक्री भएका छन् । रासस
 

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  २ : ११ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।