आसन्न निर्वाचनलाई निर्वाधरुपमा सम्पन्न गरौँ : राष्ट्रपति « Khabarhub

आसन्न निर्वाचनलाई निर्वाधरुपमा सम्पन्न गरौँ : राष्ट्रपति


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई निर्वाधरुपमा सम्पन्न गरी अहिलेको अवस्थालाई सहज रुपमा निकास दिन आवश्यक रहेको बताएका छन् ।

शुक्रबार शीतल निवासमा नेपाल प्रजातन्त्र सेनानी सङ्घका पदाधिकारीहरूसँगको भेटमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै मुलुकको विकासका लागि तोकिएको समयमा निर्वाचन गरी अहिलेको अवस्थालाई सहज रुपमा निकास दिन आवश्यक रहेको बताएका हुन् ।

बिभिन्न दुष्चक्रबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्नुपर्ने उनले बताए । 

उनले भ्रष्टाचारको अन्त्य गरी सुशासनका माध्यमबाट मुलुकको विकास गर्ने तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नुपर्ने आजको आवश्यकता भएको उल्लेख गर्दै युवा पुस्ताको चाहना पनि यही नै भएको बताए । 

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि प्रजातन्त्रका सेनानीहरूको खबरदारी र योगदानको आज पनि उत्तिकै खाँचो रहेको बताए ।

कार्यक्रममा सेनानी सङ्घका पदाधिकारीले विभिन्न माग पत्र राष्ट्रपतिसमक्ष प्रस्तुत गरेका थिए । 

राष्ट्रपति पौडेलले माग पुरा गर्न आफूसँग कार्यकारी अधिकार नरहे पनि पहल गर्ने प्रतिबद्धता जनाए । 

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ३ : १६ बजे

नेप्से परिसूचक ९.२४ अङ्कले ओरालो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज नौ

विपक्षीको अवरोधलाई जगदीशले तमासा भनेपछि संसद्‍मा तनाव, आशनबाट झम्टिन पुगे कांग्रेस सांसद केरुङ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले विपक्षी दलहरूले संसद्मा

अब आउने बजेटले टार्ला त स्वास्थ्य बीमाको संकट ?

काठमाडौं- संघीय सरकारले हरेक वर्षको जेठ १५ गते आगामी आर्थिक

असिना पानीले मकै, फलफूल तथा तरकारी बालीमा क्षति

गण्डकी– सोमबार आएको हावाहुरीसहितको असिना पानीका कारण पोखराका विभिन्न स्थानमा

विदेश पठाइदिने भन्दै करोडौँ ठगी गरेको अभियोगमा सातजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै सर्वसाधारणबाट