ओली क्याबिनेटका सदस्य पाण्डेले लिए जेन-जी आन्दोलनको नैतिक जिम्मेवारी, आगामी चुनावमा नउठ्ने « Khabarhub

ओली क्याबिनेटका सदस्य पाण्डेले लिए जेन-जी आन्दोलनको नैतिक जिम्मेवारी, आगामी चुनावमा नउठ्ने


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सह-महामन्त्री बद्रीप्रसाद पाण्डेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचननमा प्रतिस्पर्धा नगर्ने भएका छन् ।

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेले आगामी प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक तथा माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी नरहने जानकारी दिएका हुन् ।

बाजुरामा आयोजित निर्वाचन केन्द्रित पार्टी बैठकमा बोल्ने क्रममा पाण्डेले जेन-जी आन्दोलनको समयमा आफू सरकारमा रहेकाले आन्दोलनरत युवाहरूका मागलाई समयमा र अपेक्षित ढङ्गले सम्बोधन गर्न नसकिएको स्वीकारे ।

आन्दोलनसँग सम्बन्धित तत्कालीन सरकार–आन्दोलनकारी अन्तर्क्रियामा आफ्नो प्रत्यक्ष भूमिका नरहे पनि मन्त्रीपरिषद्का सदस्यको नाताले त्यसको नैतिक जिम्मेवारी आफूले लिने उनले बताए।

उनले यस पटक निर्वाचन प्रतिस्पर्धामा नउत्रिने निर्णय लिनु उचित ठानेको बताएका हुन्। अहिले कांग्रेसलाई वैचारिक रूपमा सुदृढ बनाउने, संगठनलाई सक्रिय, विस्तारित र प्रभावकारी बनाउने, तथा योग्य र सक्षम नयाँ उम्मेदवारलाई अघि बढाउन मार्गदर्शनसहित सहयोग पुर्‍याउने कामा लाग्ने कुरा प्रमुख प्राथमिकता बनेको उनले बताए ।

पूर्वमन्त्री पाण्डेले आफ्नो कार्यकालमा नितिगत स्थिरता, पारदर्शिता, रचनात्मकता, निजी क्षेत्रको सहभागिता, तथा बजेट र स्रोतहरूको समानुपातिक वितरणलाई प्राथमिकतामा राखेर काम गरेको बताए ।

उनले जिल्लाका जनताले माग गरेअनुसार आवश्यक स्रोत उपलब्ध गराउन नसकिए पनि यथाशक्य प्रयास यस कार्यकालमा निष्ठापूर्वक लागिपरेको उल्लेख गरे।
आगामी दिनमा आफ्नो अनुभव, दृष्टिकोण र राजनीतिक प्रतिबद्धतासहित पार्टी र पार्टीमार्फत् मुलुकका लागि अझ प्रभावकारी रूपमा योगदान गर्ने दृढता उनले व्यक्त गरे।

कांग्रेस महाधिवेशनका सन्दर्भमा अहिले आफू समन्वयकारी भूमिकामा रहेको र कुन पदमा प्रतिस्पर्धा गर्ने भन्ने विषय सल्लाहमा तय गर्ने बताए।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ३ : २६ बजे

मतदाता भन्छन्– ‘नयाँ भन्दैमा असल र पुरानो भन्दैमा सबै खराब हुँदैनन्’

काठमाडौं- जीवनको हरेक पहिलो अनुभव उत्साहप्रद र कौतुहल हुन्छ ।

अमेरिकामा नेपाली परिवारभित्र विभत्स हत्या: श्रीमती र छोरी मार्नेमाथि गोली प्रहार, एक शिशु सुरक्षित

काठमाडौं – अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा एक नेपाली परिवारभित्र विभत्स

पुर्ख्यौली कालिगड पेसा संरक्षणमा जुट्दै युवा

भोजपुर– आफ्नै ठाउँमा स्वरोजगार सृजना गर्दै पुर्ख्यौली पेसाको संरक्षणमा युवा

‘भ्रष्टाचारमुक्त शासन र निष्पक्ष निर्वाचन हाम्रो प्राथमिकता’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपालको लोकतन्त्र र स्वतन्त्रताको यात्रा

मिथिला मध्यमा परिक्रमाको महोत्तरी यात्रा पूरा, यात्री धनुषा प्रस्थान

महोत्तरी– मिथिला मध्यमा परिक्रमाका यात्रीले महोत्तरी जिल्लाको यात्रा पूरा गरेका