महाधिवेशन अगाडि एमालेको अन्तिम सचिवालय बैठक च्यासलमा « Khabarhub

महाधिवेशन अगाडि एमालेको अन्तिम सचिवालय बैठक च्यासलमा


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिबारदेखि सुरू हुने एघारौँ महाधिवेशन अगाडि नेकपा एमाले सचिवालयको अन्तिम बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरू भएको छ ।

यो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय कमिटी बढाउने प्रस्ताव लैजाँदैछन् ।

२०७८ साल मंसिर १० गतेदेखि १३ गतेसम्म चितवनमा भएको दशौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीको अन्तिम बैठकमा ओलीले केही महत्त्वपूर्ण प्रस्ताव राख्ने सम्भावना छ।

हाल कायम १५ सदस्यीय पदाधिकारीलाई बढाएर दशौँकै जत्रो १९ सदस्यीय बनाउने तयारी ओलीले गरेका छन्।

आफूतिर खुलेका नेताहरूलाई व्यवस्थापन गर्न मुश्किल परेपछि ओलीको यो रणनीति आएको हो। त्यस्तै २५१ सदस्यीय केन्द्रीय कमिटीलाई ३ सय सदस्यीय बनाउने योजना उनले ल्याएका छन् ।

तर ओलीको यो प्रस्तावविरुद्ध वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काउन्टर प्रस्ताव पेश गर्ने सम्भावना छ । यदि अध्यक्ष ओलीले विधान संशोधन प्रस्ताव ल्याए त्यसको प्रतिवाद गरिने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताएकी छन् ।

तस्बिरहरू : दिनेश भण्डारी

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ३ : ३८ बजे

लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई जसपाको २४ घण्टे स्पष्टीकरण

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी

हेर्नुहोस्, नाडा अटो शोमा राखिएका चारपाङ्ग्रे विद्युतीय गाडी

काठमाडौं– नेपालकै ठूलो अटोमोबाइल मेला नाडा अटो शो–२०२६ मा विभिन्न

पाकिस्तान–इरान वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापनामा प्रगति

इस्लामावाद- पाकिस्तान र इरानबीच भएको उच्चस्तरीय वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापना गर्ने

मुद्दा हारेपछि जब वकिलले सर्वोच्चको भवनबाट हामफाल्न खोजे…

काठमाडौं- ठगीसम्बन्धी मुद्दामा आफूविरुद्ध फैसला आएपछि एकजना अधिवक्ताले सर्वोच्च अदालत

उच्च अदालत सुर्खेत, जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फर्छ्योट

जुम्ला–उच्च अदालत सुर्खेत, जुम्ला इजलासले गत आर्थिक वर्षमा ९५ दशमलव