वनमन्त्री चौलागाईंद्वारा पदभार ग्रहण, के-के गरे निर्णय « Khabarhub

वनमन्त्री चौलागाईंद्वारा पदभार ग्रहण, के-के गरे निर्णय


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त वन तथा वातावरणमन्त्री माधव चौलागाईंले जेनजी आन्दोलनपछिको परिवर्तनलाई संस्थागतदेखि चुनाव गर्नेसम्मका सरकारका म्याण्डेडलाई पुरा गर्न ध्यान केन्द्रित गर्ने बताएका छन्  ।

शुक्रबार पद तथा गोपनीयताको शपथपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै वर्तमान सरकारको म्याण्डेडलाई पुरा गर्न ध्यान केन्द्रित गर्ने बताएका छन् ।

उनले मन्त्रालय र मातहतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न कमिटी बनाएर अघि बढ्ने निर्णयमा हस्ताक्षर गरिएको जानकारी दिए ।

त्यस्तै मन्त्री चौलागाईंले मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकामा छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापनाको घोषणा भइसकेको अवस्थामा छिटै कार्यालय बनाएर निकुञ्ज सञ्चालन गरिने बताए । 

वन तथा वातावरणको क्षेत्रमा पर्ने वन संरक्षण, जलवायु परिवर्तन लगायतका मुद्दालाई छिटो समयमा स्थापित गर्ने उनको भनाइ छ । 

उनले सरकारले तोकेको निर्वाचन सफल पार्न पनि भूमिका खेल्ने बताए ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ६ : ०९ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली