एमालेले विधान हेरफेर नगर्ने : १५ पदाधिकारी र २५१ जनाको केन्द्रीय कमिटी यथावत राखेर महाधिवेशन « Khabarhub

एमालेले विधान हेरफेर नगर्ने : १५ पदाधिकारी र २५१ जनाको केन्द्रीय कमिटी यथावत राखेर महाधिवेशन


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले भदौ २० देखि २२ गतेसम्म भएको दोस्रो विधान महाधिवेशनबाट पारित निर्णयअनुसार नै केन्द्रीय कमिटी चयन गर्ने भएको छ।

शुक्रबार केन्द्रीय कार्यालय च्यासलमा बसेको पौने पाँच घण्टा लामो सचिवालय बैठकले यस्तो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

ज्ञवालीका अनुसार महाधिवेशनमा नयाँ नेतृत्वको निर्वाचनका लागि विद्युतीय मेशिन प्रयोग गरिने बताएका छन् ।

‘हाम्रो दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ मा भएको थियो । त्यही विधान महाधिवेशनको निर्णयअनुसार एमालेले नयाँ नेतृत्व चयन गर्नेछ’, उनले भने, ‘दोस्रो विधान महाधिवेशनमा जुन विधान पारित भएको छ, त्यसकै आधारमा नेतृत्व चयन गर्ने निर्णय भएको छ।’

ज्ञवालीका अनुसार यो महाधिवेशनले २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारी चयन गर्ने भएको छ। ज्ञवालीले १०८ जना मनोनीतको नामवाली पनि पारित भएको बताएका छन् । उक्त सूची शनिबार सार्वजनिक गरिने भनएको छ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ८ : ०८ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।