एमाले महाधिवेशन हलमा पेस हुनेछ ईश्वर पोखरेलको प्रस्तावना « Khabarhub

एमाले महाधिवेशन हलमा पेस हुनेछ ईश्वर पोखरेलको प्रस्तावना


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको ११ औँ महाधिवेशन शनिबारदेखि सुरु हुँदैछ। यो महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व चयनबाहेक अन्य केही विषय समावेश नहुने बताएका छन्।

उनको यो अभिव्यक्ति र निर्देशनात्मक आदेशलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले आपत्ति जनायो।

यसअघि पोखरेलले मंसिर २२ गते अध्यक्ष ओलीलाई बुझाएको प्रस्तावना भने महाधिवेशन हलमा पेस हुने भएको छ।

सचिव योगेश भट्टराईका अनुसार शुक्रबारको सचिवालय बैठकले ईश्वर पोखरेलले बुझाएको प्रस्तावना पढ्न पाउनेछन्। प्रस्तावनाको विषयका केही कुरा भने आवश्यकताअनुसार निर्णय गरेर अगाडि जाने निष्कर्ष बैठकले निकालेको उनको भनाइ छ।

त्यस्तै उनले आगामी महाधिवेशनमा १५ प्रतिशत युवा केन्द्रीय कमिटीमा रहनपर्ने प्रस्ताव आफूले सचिवालय बैठकमा राखेको पनि बताए। उनले आफ्नो प्रस्तावबारे महाधिवेशनको बन्दसत्रमा छलफल हुने पनि बताए।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ८ : ३५ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको