एमाले बैठकमा नेताहरूबीच भनाभन : को एमाले विरोधी, को ओली विरोधी ? « Khabarhub

एमाले बैठकमा नेताहरूबीच भनाभन : को एमाले विरोधी, को ओली विरोधी ?


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


846
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) को शुक्रबार बसेको बैठकमा नेताहरूबीच भनाभन भएको छ।

केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबीच भनाभन भएको हो ।

बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे र सचिव योगेशकुमार भट्टराईसहितका नेताहरूले अध्यक्ष ओलीको सचिवालयसम्बद्धले नै विचार फरक भएका नेताहरू–कार्यकर्ताहरूको चरित्र हत्या गर्न लागेको भन्दै आपत्ति जनाए ।

खासगरी प्रेस चौतारीमा अध्यक्षको उम्मेदवारी हाल्नसमेत नदिइएका राजेश राईको बारेमा बैठकमा भनाभन भएको हो ।

उनीबारे ओलीका प्रियमध्ये एकजना गुरु भट्टराईले सामाजिक सञ्जालमा आपत्तिजनक कुरा लेखेका थिए । त्यसलाई लिएर अध्यक्षका दाबेदार पोखरेल, उपाध्यक्ष पाण्डे र स्थायी कमिटी सदस्य कर्ण थापासहितले गृहमन्त्री ओमप्रकाश अर्याललाई नोटसमेत गराएका थिए ।

उनीहरुले बैठकमा एमालेको प्रचारमा उत्कृष्ट काम गरेको मान्छेलाई चौतारीको महाधिवेशनमा अपमानित गरिएको स्मरण गराउँदै अहिले पनि अध्यक्ष ओलीको सचिवालयबाट लखेट्ने काम भइरहेको भन्दै आपत्ति जनाए ।

त्यसपछि ओलीले राजेश राई एमाले विरोधी भएको भन्दै झोक्किएका थिए । तर पोखरेल पक्षीय नेताहरूले बैठकमा भने, ‘उनी पार्टी र आन्दोलन विरोधी होइन, तपाईं विरोधी होला । हाम्रो विरोध गर्ने पनि एमालेमा छन् तर ती पार्टी विरोधी होइनन् ।’

पछिल्लो समय राजेशसहितको पंक्तिले वरिष्ठ उपाध्यक्ष पोखरेल समूहको प्रचार अभियानलाई आक्रामक बनाएका छन् । जसले प्रेस चौतारीको अन्तरसंवाद नै ओझेलमा पारेका बेला च्यासलमा नेताहरू भनाभनमा उत्रिएका हुन् ।

खासगरी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहितका नेतृहरू आक्रामक रूपमा उत्रिएपछि अध्यक्ष ओली नेतृत्वको पंक्ति आक्रोशित देखिएको छ ।

एमालेको ११ औं महाधिवेशनअघि बसेकाे बैठकमा नेताहरूबीच निकै घोचपेच र चर्काचर्की भएको हो ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ८ : ०९ बजे

झिनो अंकले बढ्यो नेप्से, १५५ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ

राखुका किसानलाई सुन्तला ढुवानीको समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली राखुका किसानलाई सुन्तला ढुवानी गर्न

कतारका लागि चितवनबाट बिदा भए खगेन्द्र र रूद्रकली

काठमाडौं– नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप प्रदान गर्न तय भएका

के भन्छन् एमाले महाधिवेशनका कान्छा प्रतिनिधि ?

देशकै दोश्रो ठूलो दल नेकपा एमालेको ११ औँ महाधिवेशन यतिबेला

कङ्गोबाट यसवर्ष झण्डै पाँच लाख मानिस विस्थापित

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्र, दक्षिण किभु प्रान्तमा दुई