एमाले महाधिवेशन : तीन हजार सवारीसाधन काठमाडौं भित्रिए « Khabarhub

एमाले महाधिवेशन : तीन हजार सवारीसाधन काठमाडौं भित्रिए


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन बिपी मार्ग हुँदै करिब तीन हजार सवारी साधनहरू काठमाडौं भित्रिएका छन् । 

महाधिवेशन उद्घाटनलाई लक्षित गर्दै पूर्वी नेपालका विभिन्न जिल्लाबाट ठुलो सङ्ख्यामा नेता, कार्यकर्ता तथा समर्थकहरू सवारी साधनसहित काठमाडौं प्रवेश गरेका हुन् । 

सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक, दोलखा, उदयपुर, खोटाङ, सोलुखुम्बु, महोत्तरी, धनुषा, सिरहा, सर्लाहीलगायतका जिल्लाबाट आएका बस, मिनिबस, जिप, कार तथा भ्यानको सङ्ख्या करिब तीन हजार रहेको अनुमान गरिएको छ । 

ती सवारी साधनहरूमा झण्डा र ब्यानरसहित एमालेका नेता तथा कार्यकर्ताहरू काठमाडौं प्रवेश गरेका छन् ।

सिन्धुलीस्थित ट्राफिक प्रहरी चेकपोइन्ट खुर्कोट र नेपालथोकका अनुसार झण्डा–ब्यानर अङ्कित सवारी साधन तथा निजी सवारी साधनसमेत गरी करिब ३० हजारको हाराहारीमा मानिसहरू एमालेको महाधिवेशनमा सहभागी हुन राजधानी गएको अनुमान गरिएको छ । 

मंसिर २६ गते बेलुकादेखि नै बिपी राजमार्गमा झण्डा र ब्यानरसहितका सवारी साधनहरूको लामो लर्को देखिएको ट्राफिक प्रहरीले जनाएको छ ।

यसैबिच, बाढी–पहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत रोशी खोलाको सडक खण्डमा पुनर्निर्माणको काम सञ्चालन भइरहेका बेला खोलाबाट डाइभर्सन सडक प्रयोग गरिएकाले विभिन्न स्थानमा सवारी जामसमेत भएको छ । 

यद्यपि, ट्राफिक प्रहरीले सवारी आवागमनलाई सहज बनाउन निरन्तर व्यवस्थापन गरिरहेको जनाएको छ ।

राजधानी भित्रिने पूर्वी नाकाको बिपी राजमार्गमा अधिकांश सवारी साधनहरू एमालेका झण्डा र ब्यानरले सजिएका देखिएका छन् । 

यसले महाधिवेशन उद्घाटनप्रति कार्यकर्ता र समर्थकहरूमा रहेको उत्साह र सहभागिताको व्यापकता झल्काउने गरेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  १२ : ०४ बजे

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै