एनपीएलको फाइनलमा लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक « Khabarhub

एनपीएलको फाइनलमा लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेलमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक पूरा गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा ११ औँ ओभरका अन्तिम तीन बलमा कप्तान रोहितले ह्याट्रिक पूरा गरे । खेलको १० ओभर ४ बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई आउट पारे । रुबेन ट्रम्पलमेनको हातबाट क्याच हुनुअघि उनले २० बलमा १३ रन बनाए ।

लगत्तै, अर्को बलमा दीपक बोहरा पनि आउट भए । सन्दीप जोराको हातबाट उनी क्याच भए । त्यसपछि ओभरको अन्तिम बलमा पुनित मेहरा एलबीडब्ली धरापमा परे ।

१० ओभरको प्रगतिका क्रममा लुम्बिनीका कप्तान रोहितले ह्याट्रिक लिए । १० ओभरको चौथो बलमा कप्तान दीपेन्द्रसिंह ऐरी, पाँचौ बलमा दीपक बोहोरा र अन्तिम पुनीत मेहरालाई आउट गर्दै रोहितले ह्याट्रिक पूरा गरेका हुन् ।

ओपनर बिनोद भण्डारी शून्य, शेल्डन ज्याक्सन १, आरिफ शेख ६, दीपेन्द्रसिंह ऐरी १३, दीपक बोहोरा र पुनीत मेहेरा शून्यमै आउट भएका हुन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिला ब्याटिङ रोजेको हो ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ४ : ३१ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने