शानदार कमब्याक गर्दै लुम्बिनीले जित्यो एनपीएल-२ को उपाधि « Khabarhub

शानदार कमब्याक गर्दै लुम्बिनीले जित्यो एनपीएल-२ को उपाधि


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा फाइनलमा सुदूरपश्चिम रोयल्स हराउँदै लुम्बिनी लायन्सले उपाधि जितेको छ । लिग चरणको सुरुवातमा कमजोर देखिएको लुम्बिनीले उत्कृष्ट कमब्याक गर्दै उपाधि घर लगेको हो ।

लिग चरणको आफ्नो चौथो खेलसम्म तीन हार खेपेको अवस्थामा रहेको लुम्बिनी सुरुवातमा दबाबमा थियो ।

तर, लिग चरणका पछिल्ला तीनसहित लगातर ६ खेलमा जित निकाल्दै लुम्बिनीले उपाधि जितेको हो । यसलाई लुम्बिनीको उत्कृष्ट कमब्याकको रुपमा हेरिएको छ ।

सुदूरपश्चिमले भने उपविजेतामै चित्त बुझाएको छ । पहिलो सिजनमा पनि यो टोली उपविजेता बनेको थियो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ८६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले ८ ओभर ६ बलमा ४ विकेट गुमाउँदै ८६ रन बनाउँदै सहज जित हार पारेको हो ।

जारी सिजनमा कम ओभरमा लक्ष्य पूरा भएको यो पहिलो खेल हो । लिग चरणको खेलमा विराटनगर किङ्सले ११ ओभर ५ बलमा सुदूरपश्चिमले दिएको लक्ष्य पूरा गरेको थियो

लुम्बिनीको जितका लागि ओपनर दिनेश अधिकारीले बिस्फोटक ब्याटिङ गरे । उनले १३ बलमा १ चौका र ५ छक्काको सहयोगमा ४२ रन जोडे ।

कप्तान रोहितले दोस्रो सर्वाधिक १६ रन जोडे । ओपनर डी आर्सी सर्टले १४ रन जोडे । सन्दीप जोरा शून्यमै आउट भए । दिलिप नाथले अविजीत १ रन जोडे ।

ब्याटिङमा खराब प्रदर्शन गरेको सुदूरपश्चिम बलिङमा पनि कमजोर देखियो । कप्तान दीपेन्द्रले २ ओभर बलिङ गर्दा १ विकेट लिदै २९ रन खर्चस

स्कट कुगेलेइजनले २ ओभर गर्दा २२ रन खर्चिए भने विकेटविहीन रहे ।

हर्मित धामीले सर्वाधिक २ विकेट लिए । दीपेन्द्र र अभिनाश बोहोराले समान १-१ विकेट लिए ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ६ : ०१ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने