केन्द्रीय कमिटी बैठक बोलाएको डेढ घण्टापछि भृकुटीमण्डपमा अध्यक्ष ओली « Khabarhub

केन्द्रीय कमिटी बैठक बोलाएको डेढ घण्टापछि भृकुटीमण्डपमा अध्यक्ष ओली


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)को ११ औँ महाधिवेशनको बन्दसत्र रोकेर केन्द्रीय कमिटी बैठक बोलाएका अध्यक्ष केपी शर्मा ओली डेढ घण्टापछि बैठक स्थलमा पुगेका छन् ।

बिहान ९ बजेका लागि बोलाएको बैठक स्थल भृकुटीमण्डप ओली पौने ११ बजे आइपुगेका हुन् । केन्द्रीय सदस्यलाई केही समय बैठक ढिला सुरु हुने जानकारी गराएर ओली गुण्डु छलफलमा व्यस्त भएका थिए । ओली गुन्डुमा व्यस्त हुँदा केन्द्रीय सदस्य कुरेको कुरै भएका हुन् ।

अध्यक्ष ओलीले ९ बजे भनिएको बैठक ९ः३०का लागि सारिएको थियो । सबै पदाधिकारी र केन्द्रीय सदस्य बन्दसत्र गर्ने भनिएको हलमा ओलीलाई पर्खिएर बसेका थिए ।

बन्दसत्र अगाडि ओलीले केन्द्रीय कमिटी बैठकमा चार पदाधिकारी र केन्द्रीय कमिटी सदस्य थप्ने प्रस्ताव जाने तयारी गरेका छन्। प्रस्तावअनुसार चितवनमा भएको १० औँ महाधिवेशनमा जस्तो पदाधिकारी संख्या १९ हुनेछ ।

ओलीले दुई उपाध्यक्ष र दुई सचिव थप्ने प्रस्ताव गर्ने सम्भावना छ। उता २५१ सदस्यीय केन्द्रीय कमिटीलाई ३०१ सदस्यीय बनाउने गरेर केन्द्रीय कमिटीमा प्रस्ताव लाने तयारी गरेका छन् ।

केन्द्रीय कमिटीमा ओलीको बहुमत भएकोले यो प्रस्ताव पारित हुनसक्छ । यसअघि शुक्रबारको सचिवालय बैठकमा ओलीको प्रस्ताव फेल भएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  १० : ४६ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो