सभामुख घिमिरेले भने- सरकारले संसद् विघटन गरेर संसदीय व्यवस्थामाथि प्रहार गर्‍यो « Khabarhub

सभामुख घिमिरेले भने- सरकारले संसद् विघटन गरेर संसदीय व्यवस्थामाथि प्रहार गर्‍यो


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वर्तमान सरकारले संसद् विघटन गरेर संसदीय व्यवस्थामाथिको प्रहार गरेको बताएका छन् ।  

संसद् सेवा दिवसका अवसरमा संघीय संसद् सचिवालय आइतबार सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले जेन-जी आन्दोलनका क्रममा भाद्र २४ गते संसद् भवनमा आक्रमण गरी ध्वस्त पार्ने काम भएको र भाद्र २७ गते संसद्लाई नै विघटन गर्नुको सोझो सान्दर्भिकता नरहेको भन्दै संसदीय व्यवस्थामाथिको प्रहार भएको बताए ।

पछिल्लो समय सरकारले संसद् र यसको सचिवालयमाथि आर्थिक र प्रशासनिक रुपमा अदृश्य बन्देज लगाउने प्रयास गरिहरेको उनले बताए ।

सभामुख घिमिरेले संसद् सरकारको अधीनमा रहने कुनै एउटा शाखा नभएको भन्दै स्वायत्त व्यवस्थापिकामाथि आँच आउने कुनै पनि गतिविधि नगर्न सरकारलाई सचेत समेत गराए । उनले संसद् कमजोर हुँदा लोकतन्त्र कमजोर हुने र लोकतन्त्र कमजोर भए राज्यले असफल हुने बताए । 

संसद् विघटनको मुद्दामा अदालतले समयमा नै न्याय निरूपण गर्ने उनको विश्वास छ । 

उनले राजनीतिक उतारचढावकाबीच संसद् सचिवालयका कर्मचारीहरूले निष्पक्ष रुपमा आफ्नो पेसागत धर्म निर्वाह गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ३ : १४ बजे

इरान युद्धले नेतान्याहुलाई उल्टो दबाब

जेरुसेलम– इरानमाथि सैन्य कारबाही गर्न दशकौँदेखि अमेरिकालाई दबाब दिँदै आएका

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौं– वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा

प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य

राष्ट्रियसभा : बालिकामाथि हुने बलत्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिन माग

काठमाडौं– राष्ट्रियसभाको आजको शून्य समयको बैठकमा सभाका सदस्यहरूले मुलुकको समसामयिक