पदाधिकारी र केन्द्रीय कमिटी बढाएसँगै एमालेको बन्दसत्र सुरू « Khabarhub

पदाधिकारी र केन्द्रीय कमिटी बढाएसँगै एमालेको बन्दसत्र सुरू


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत आइतबार भृकुटीमण्डपमा पहिलो दिनको बन्दसत्र सुरू भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्र अघि बढाउन निर्देशन दिएका हुन् । विधान संशोधन गरेर १० औँ महाधिवेशनकै कमिटीमा फर्काएपछि बन्दसत्र अघि बढेको हो ।

एमाले केन्द्रीय सदस्य रविन कोइरालाका अनुसार बन्दसत्र बैठक भर्खरैबाट सुरु भएको हो।

यो बन्दसत्रले हलबाट १९ सदस्यीय पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । ओलीले आफूलाई चुनौती दिएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई रोक्न सबै हतकण्डा प्रयोग गरिसकेका छन् ।

मनोनीत १०८ जना आफ्नै पक्षमा चयन गर्नेदेखि तीन महिनामै विधान तोडमोडसम्मका निर्णयपछि एमालेको बन्दसत्र अघि बढाइएको हो ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ३ : २० बजे

जेन-जीको आन्दोलनपछि ओलीको रक्षा कवच बनेका महेशलाई सचिवको टिकट

काठमाडौं– भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको बलमा दुईतिहाइको

कांग्रेसले नेता उपाध्यायको निधनमा पार्टीको झण्डा तीन दिन आधा झुकाउने

काठमाडौं– नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनका योद्धा, पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा

काठमाडौं महानगरले मनायो ३१ औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– आज काठमाडौं महानगरपालिकाले ३१ औँ स्थापना दिवस मनाएको छ ।

पुस महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर घट्यो

काठमाडौं– चालु आर्थिक वर्षको पुस महिना लागि वाणिज्य अधिकांश बैंकहरूले

खार्पुनाथमा स्वास्थ्य शिविर सम्पन्न

हुम्ला– हुम्लाको खार्पुनाथ गाउँपालिकामा सञ्चालित निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको