विद्युतीय सवारी साधन : सञ्चालनमा रहर, छैन पूर्वाधार | Khabarhub Khabarhub

विद्युतीय सवारी साधन : सञ्चालनमा रहर, छैन पूर्वाधार


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पेट्रोल-डिजेलबाट चल्ने गाडीलाई पेट्रोल पम्प चाहिएजस्तै विद्युतीय सवारी साधनका लागि व्याट्रि चार्जिङ स्टेशन चाहिन्छ ।

सहरका सडकमा विद्युतीय बस सञ्चालनका लागि निजी संस्थाहरुको होडबाजी चलिरहेको छ तर पर्याप्त मात्रामा चार्जिङ स्टेशन नहुँदा विद्युतीय बस सञ्चालन गर्नु रहर मात्र बनेको छ ।

अहिले सवारी साधन सञ्चालनमा ल्याउनेहरु आफैंले चार्जिङ स्टेशन बनाउनुपर्ने अवस्था रहेको छ । जसको फलस्वरुप केही महिनादेखि सञ्चालनमा आएको सुन्दर यातायात कम्पनीले पनि चावहिल भत्केको पुलस्थित आफ्नै ग्यारेजमा राखेको चार्जिङ स्टेशनबाट चार्ज गरि बस चलाइरहेको अवस्था छ ।

त्यसो त सार्वजनिक सवारी साधन सञ्चालनको हकमा सुन्दर यातायात रहेपनि नीजि स्तरबाट साना विद्युतीय गाडीहरु चलाउनेको संख्या धेरै छ । पछिल्ला समय विद्युतीय सवारी साधनको आकर्षण बढिरहेको पनि छ ।

तर सरकारी निकायबाट त्यसको पूर्वाधार निर्माणमा ध्यान नदिँदा चार्जिङ स्टेशनको अभावमा घरमै सवारी थन्काएर पेट्रोल-डिजेलकै सवारीसाधनमा आश्रित भइरहेको व्यवसायीहरु बताउँछन् ।

तिहारलगात्तै भक्तपुर र ललितपुरमा विद्युतीय बस

काठमाडौंमा पहिलोपटक विद्युतीय बस सञ्चालनमा ल्याएको सुन्दर यातायात प्रालिले तिहारलगात्तै ७ वटा थप बसहरु सञ्चालनमा ल्याउने भएको छ ।

कम्पनीले दोस्रो चरणमा भित्र्याउन लागेका यी बसहरु ललितपुर र भक्तपुरका सडकमा गुड्ने सञ्चालक भेषबहादुर थापाले खबरहबलाई जानकारी दिए ।

भदौको तेस्रो साताबाट सुन्दरले आफ्ना बसहरुमार्फत यात्रुलाई सुविधा दिइरहेको छ । ‘अहिले ४ वटा विद्युतीय बसले सर्वसाधरणलाई सहज ढंगले ओसारपसार गरिरहेको छ’ खबरहबसँगको कुराकानीमा थापाले भने ‘७ वटा बस थपिदैछन्, त्यससँगै सडकमा ११ वटा बस गुड्नेछन्’ ।

पहिलो चरण्मा सञ्चालनमा ल्याएका बसहरु परीक्षण स्वरुप ल्याइएको र त्यसबाट राम्रो सफलता पाउने उद्धेश्यका साथ बसहरु थप्ने योजना बनाएको उनले बताए ।

थापाकाअनुसार ७ वटा नयाँ बस थपिएलगात्तै ती बसहरु नारायणगोपाल चोकदेखि ललितपुरको मेडिसिटी अस्पतालसम्म, गोगंबुबाट भक्तपुरहुदैँ सूर्यविनायसम्म, थानकोटदेखि बल्खु—कालीमाटी—जमल हुँदै जोरपाटीस्थित मेडिकल कलेजसम्म सञ्चालन हुनेछन् ।

‘पहिले १३ डिग्रीका बसहरु ल्याएका थियौं’ उनले भने ‘अब आउने बसहरु १८ डिग्रीका हुनेछन्’ । रुटअनुसार फरक पावरका बसहरु आवश्यकता पर्ने हुँदा ५ डिग्र्री बढि क्षमता भएका बस सञ्चालनमा ल्याउन लागेको उनले बताए ।
१८ डिग्री क्षमता हुँदा लोड बढी तान्ने बताउँदै उनी भन्छन्, ‘उकालोमा पनि समस्या पर्दैन’ ।

अनलाइन प्रणालीमा भाडा

जमानाअनुसार चल्नका लागि अनलाइन प्रणालीमा भाडा तिर्ने व्यवस्था ल्याएको थापा बताउँछन् । भन्छन्, ‘यात्रुले इ—सेवा, खल्ती, यूआर कोड, रिचार्ज कार्ड, आइएमई पे र मोवाइल गेट वे प्रयोग गरी मोवाइलबाटै भाडा तिर्न सक्छन्’ । यद्यपी यी सेवाहरु सञ्चालन गर्न नचाहने यात्रुले भने सिधै सहचालकलाई भाडा तिर्ने गरेका छन् ।

पछिल्ला समय सुन्दरले ल्याएका विजुली बसमा मात्र होइन् । ठूला सार्वजनिक यातायातमा कार्डको प्रयोग गर्नका लागि यो सिस्टम लागू भइरहेको छ ।

३ महिनाभित्र विद्युतीय ट्याक्सी सञ्चालन

सुन्दर यातायातले उपत्यकाका सडकमा आगामी ३ महिनासभित्र विद्युतीय ट्याक्सी सञ्चालनमा ल्याउने तयारी पनि गरेको छ । पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै सडकमा सुन्दरका विद्युतीय ट्याक्सी सञ्चालनमा ल्याउन लागेको सञ्चालक थापा बताउँछन् ।

‘हामी पर्यटन वर्षको संघारमै आइपुगेका छौं’ भन्छन्, ‘पहिलो चरणमा २५ वटा ट्याक्सी भित्र्याउने छौं’ ।

यस्तो छ सरकारको पहल

नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी साधनलाई बढावा दिनका लागि प्राधिकरणको केन्द्रिय कार्यालय रत्नपार्कमा नै चार्जिङ स्टेशन स्थापना गर्ने भएको छ ।

पेट्रोल पम्प जस्तै विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन निर्माणको प्रक्रिया शुरु गर्न लागिएको कार्यकारी निर्देशक कुलमाङ घिसिङ बताउँछन् ।

एकैपटक ५० वटा सवारीसाधन पार्किङ गर्नसक्ने र तीनवटा सवारीसाधनलाई डेडिकेटेड चार्जिङ स्पेस उपलब्ध गराउन सक्ने संस्थासँग प्रस्ताव गरिएको विद्युत प्राधिकरणले जनाएको छ ।

साझालाई विद्युतीय बस किन्न रोक

सरकारले विद्युतीय बस सञ्चालनलाई प्राथमिकतामा रहेको बताउँदै आएको भने पनि साझा यातायातलाई विद्युतीय बस खरिदको लागि प्रक्रिया रोक्न निर्देशन दिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझालाई विद्युतीय बस खरिदको प्रकृया अघि नबढाउन निर्देशन दिँदै पत्र पठाएको हो । तर के कारणले गर्दा विद्युतीय बस खरिद रोक्न परेको हो भन्नेबारे भने सरकारले केही खुलाएको छैन ।

एक वर्ष अघि सरकारले ३ सयवटा विद्युतीय बस किन्ने निर्णय गरेको थियो भने यसको जिम्मा साझालाई दिएको थियो ।

विद्युतीय बस किन्नका लागि नै प्रदेश तीन सरकारले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करो र ललितपुर र साझा स्वयंले साढे २ करोड गरेर ४५ करोड रुपैयाँ जम्मा भएको थियो भने सरकारले बस किन्न ३ अर्ब रुपैयाँ साझालाई उपलव्ध गराएको थियो ।

रकम आएसँगै साझाका अधिकारीहरु भारत र चीनका बस कम्पनीमा पुगेका थिए । बसहरु हेरेर आएपछि खरिदको प्रकृया अघि बढेको थियो तर सरकारले एक्कासी बस नकिन्न साझालाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ४ : २२ बजे

नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगंजमा शुरु

वीरगंज– नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगञ्जमा सुरु भएको

घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध

इलाम २ मा सुहाङ ५३ सय मतले अगाडि, मिलनले २ हजार कटाए

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत देउमाई नगरपालिकाको मतगणना जारी

एनसीसी र क्रोएसियाका व्यवसायीबीच सहकार्य गर्ने समझदारी

काठमाडौं – नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र क्रोएसियाली व्यवसायीबीच

राष्ट्रिय पुरुष तथा महिला खुला फुल कन्ट्याक्ट कराते वैशाख २४ देखि

काठमाडौं– नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १८ औं